News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    सरकारलाई बालेनको आग्रह– काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस्….

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन् ।

    काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंवासीलाई आपत्ति नहुने बताएका छन् ।

    उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

    उनले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया