
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आजको राजनीतिको मूल कार्यभार समाज परिवर्तनको लागि संघर्ष गर्नु भएको बताएका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा संघ समाज परिवर्तनका लागि स्थापना कालदेखि नै निरन्तर क्रियाशील रहेको बताएका हुन् ।
‘समाज परिवर्तनका लागि लाग्नु नै आजको राजनीतिक आन्दोलनको मूल कार्यभार हो भन्ने कुरा युवाहरुको छनोट हो । त्यसकारणले न्यायप्रेमीहरु युवा संघमा, सामाजिक परिवर्तन युवाहरुको काँधमा भन्ने नाराका रुपमा स्थापना कालदेखि नै युवा संघले आफूलाई उभ्याएको थियो । त्यसमा नै यो आजसम्म पनि अडिएको छ,’–क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने ।
अहिले नेपाली राजनीतिमा दलाल पुँजीवादी शक्ति हाबी भएको उनको दाबी छ । दलाल पुँजीवादी शक्तिको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बस्नेतको आरोप छ । साथै, कांग्रेस भ्रष्टीकरणको नेतृत्वकर्ता भएको उनको भनाई छ ।
‘आजको समाजमा दलाल पुँजीवादीहरु हाबी भएको छ । आजको समाजमा नवउद्दारवादी शक्तिहरु हाबी भएका छन् । पुँजीवादी शक्तिहरुले राज्यको स्रोतसाधनको दुरूपयोग गरेको छ । नेपाली कांग्रेसले त्यसको लिड गरेको छ । कांग्रेस भ्रष्टीकरणको नेतृत्व गर्ने पार्टी हो भन्ने निश्कर्ष राष्ट्रिय युवा संघ नेपालले निकालेको छ,’–बस्नेतले भने ।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र) ले भड्किला सपना देखाएर जनयुद्धको माध्यमबाट समाज परिवर्तनको प्रयास गरेको उनको आरोप छ । संघीयताको गलत व्याख्या र जातीय राज्य माओवादीको अतिवादी चिन्तन भएको उनको भनाई छ । माओवादी र केही मधेशवादी दलहरुले कम्युनिष्ट पार्टीका नाममा अधिनायकवादी चरित्रको विकास गरेको बस्नेतको आरोप छ ।
‘क्रान्तिका भड्किला सपना देखाएर जनयुद्धको माध्यमबाट समाज परिवर्तन गर्ने, नयाँ नेपाल निर्माण गर्ने, क्रान्तिको रुपान्तरण गर्ने, संघीयताको गलत ढंगले व्याख्या गर्दै आत्मनिर्णयका अधिकारसहित राज्य छुट्याउन सकिने, जातीय राज्य निर्माण गर्ने अतिवादी चिन्तन बोकेको माओवादी र केही मधेशवादी दलहरु जसले कम्युनिष्ट पार्टीका नाममा अधिनायकवादी चरित्रको विकास गर्न खोजे । यो प्रवृत्तिका कारण आज समाजवादउन्मुख अर्थतन्त्र विकासको अभियानमा बाधा पुगेको छ भन्ने निष्कर्ष राष्ट्रिय युवा संघ नेपालको हो,’–उनले भने ।
धर्म र राजतन्त्रको आश्वासन बाँडेर सकिएको सामन्तवादको अवशेष अहिले जुर्मुराईरहेको उनको भनाई छ । अहिलेको व्यवस्थाविरोधी शक्ति पनि परिवर्तनको बाधक हो भन्ने युवा संघ नेपालको नवौं महाधिवेशनको निष्कर्ष रहेको बस्नेतले बताए । युवाहरुलाई रचनात्मक क्षेत्रमा र सामाजिक न्यायको क्षेत्रमा जोड्ने कार्यभार राष्ट्रिय युवा संघको काम भएकोसमेत उनले बताए ।
साथै, उनले प्रचण्ड प्रवृत्तिले अधिनायकवादी चरित्र र अपराधी इतिहास बोकेर अन्तर्राष्ट्रिय शक्तिको चाकडी गरिरहेको गम्भीर आरोपसमेत लगाएका छन् । माओवादीले सत्ताको आडमा गम्भीर मानवअधिकार उल्लङ्घनका घटनालाईसमेत छाँयामा पार्न खोजेको उनको आरोप छ ।
‘अधिनायकवादी चेताव बोकेको, अपराधी इतिहास बोकेको जसले शान्ति प्रकृयाको सारा कार्यक्रमहरुलाई अवरोध गर्दै, वृहत शान्ति सम्झौतालाई १६ वर्षसम्म स्थगन गर्दै आज हत्या, हिंसा र अपराधका कर्महरुलाई गायब गर्दै, गम्भीर मानवअधिकार उल्लङ्घनका कुराहरुलाई छाँयाँ पार्दै र अन्तराष्ट्रिय शक्तिहरुको चाकडी गर्दै अगाडि बढ्न खोजेको प्रचण्ड प्रवृत्ति आजको नेपाली राजनीतिमा गलत प्रवृत्ति हो,’– बस्नेतले भने ।
अहिलेको कांग्रेसमा भ्रष्टाचार प्रवृत्ति मौलाइरहेको बस्नेतको आरोप छ । कांग्रेस कांग्रेसजस्तो भन्दापनि भाउजु प्रवृत्ति, आरजु प्रवृत्ति र भ्रष्टाचारीलाई संरक्षण गर्ने दल बनेको उनको आरोप छ । कांग्रेसका कारणले गर्दा देश श्रीलङ्काको अवस्थामा पुग्ने बेला आएको बस्नेतको गम्भीर आरोप छ ।
‘नेपाली कांग्रेस, कांग्रेसभन्दा पनि भाउजु प्रवृत्ति, आरजु प्रवृत्ति । जसले भ्रष्टाचारलाई संरक्षण गर्छ । प्रहरी प्रशासनको बढुवामा घुसको अवधारणा बनाउन खोज्छ । घुस खाएर सरुवा÷बढुवा गर्छ । ठूलठूला आयोजनाहरु सेटिङमा मिलाउँछ र करोडौं कमिसन बाँड्ने गर्छ,’– उनले भने ।
कांग्रेसका कारणले नै आज नेपालको उद्योग/धन्दा चौपट भएको उनको टिप्पणी छ । ती तत्वहरुलाई कमजोर बनाउन आवश्यक रहेको उनले बताए । साथै, उनले आफ्नो पार्टी अहिले सत्ताको फोहोरी खेलमा सहभागी नहुनेसमेत स्पष्ट पारे ।
फरक प्रसंगमा उनले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको सुझाव दिए । ‘बालेनजी नयाँ जोस र जाँगर बोकेर आएको नयाँ पुस्ताको नेतृत्व हो भनेर काठमाडौं महानगरले स्विकारेपछि हामी कसैले पनि हिच्किचाउन पर्ने अवस्था छैन । मेरो बालेनजीप्रतिको टिप्पणी आलोचनालाई पनि तपाईँले स्थान दिनुस् भन्ने हो । कहिलेकाही उहाँले गरेका काममा आएका टिप्पणी र अनुभवी साथीहरुले दिएका सुझावहरुलाई आत्मसात् गर्नुस् भन्ने मेरो सुझाव हो,’– बस्नेतले भने ।
बस्नेतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मयुरको प्वाँख टाँसेको कौवा भएको टिप्पणी गरेका छन् । रास्वपाले नक्कली राष्ट्रवादको खेती गरिरहेको उनको आरोप छ । यही बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार रवि लामिछानेले तेस्रो स्थानमा मत पाउने उनको दाबी छ । चितवन–२ मा एमाले र कांग्रेसबीच प्रतिष्पर्धा हुने र अन्ततः एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको जीत निश्चित् रहेको बस्नेतको दाबी छ ।
‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनुहुन्छ । राजनीतिमा जनताले कौवाले जिताए भने फेरि जनतालाई सम्झाउनुपर्छ । चितवनको जनता सचेत छन् । चितवनका जनता त्यति मुर्ख छन्जस्तो मलाई लाग्दैन,’– उनले भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया