SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/३० गते
    ६०३ &#२३४६;&#२३३५;&#२३२५;

    ललितपुर । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९ जना प्रभावशाली नेता–कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलले मिश्रसहितका नेता कार्यकर्तालाई स्वागत गर्नुभयो ।

    सो क्रममा माधवकुमार नेपालले फैलाएको भ्रमजालमा परेर आफूहरु सो पार्टीतिर गएको र अहिले नेकपा एस र माधव नेपालको बदमासीको साँक्षी बस्नुपरेकोले आफूहरु एमालेमा फर्किएको नवप्रवेशीहरुले बताए । आफूसहित ३९ जनाको समूह लिएर एमाले फर्कनुभएका मिश्रले आफूहरु आत्माआलोचनासहित पार्टीमा फर्किएको पनि बताउनुभयो ।

    ‘पार्टीभित्रका अन्तरविरोध पार्टीभित्रै बसेर समाधान खोज्नुपर्ने कुरामा विश्वास रहँदा रहँदै पनि विगतमा पार्टीबाट बाहिरिने जुन निर्णय गरेँ, त्यस विचलनका लागि आत्मालोचना गर्छु’ मिश्रले भन्नुभयो । उहाँले सबै साथीहरूलाई पार्टीमा विना भेदभाव कामको जिम्मेवारी प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

    नेकपा (एमाले) मा फर्कनेहरुमा जिल्ला कमिटीका सचिवालय सदस्यहरू शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, जिल्ला कमिटी सदस्यहरू माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, विष्णु घिमिरे, सानुमैया कार्की, रुद्रबहादुर केसी छन् ।

    त्यसैगरी नेकपा एसका ललितपुर महानगर कमिटीका सदस्यहरू नरेन्द्र चन्द, महेन्द्र मानन्धर, राजमान कायस्थ, राजु मानन्धर, रमेश पोखरेल, शान्ति लामा, वडा कमिटी सदस्यहरू विमला कार्की, शोभा मिश्र, नरेन्द्र तण्डुकार, रामकाजी महर्जन, देवी थापा मगर, सुलोचना गुरुङ, राधा पन्त, राजेश मानन्धर, रमा लामा, हस्तबहादुर पुन छन् ।

    यस्तै राजन घिमिरे, विनोद श्रेष्ठ, देवी लामा, सुरेन्द्र मुल्मी, मनकुमारी लिम्बु, राजिव बानिया, विक्रम घिमिरे, राजन घिमिरे, सञ्जय पोखरेल, कल्पना घिसिङ, विमला खतिवडा र सुमन महर्जन पनि नेकपा (एमाले) मा समाहित भएका छन् । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सुशीला नेपाल र केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारको पनि उपस्थिति रहेको थियो ।

    महासचिव पोखरेलले नवप्रवेशीहरूसमेत सबैलाई एमालेमा एउटै लयमा काम गर्ने वातावरण बन्ने विश्वास दिलाउँदै देशको विकास, निर्माण, समृद्धि र सामाजिक न्याय चाहने सबै बामपन्थी नेता कार्यकर्तालाई नेकपा एमालेमा समाहित हुन आह्वान गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं