
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
ललितपुर । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९ जना प्रभावशाली नेता–कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलले मिश्रसहितका नेता कार्यकर्तालाई स्वागत गर्नुभयो ।
सो क्रममा माधवकुमार नेपालले फैलाएको भ्रमजालमा परेर आफूहरु सो पार्टीतिर गएको र अहिले नेकपा एस र माधव नेपालको बदमासीको साँक्षी बस्नुपरेकोले आफूहरु एमालेमा फर्किएको नवप्रवेशीहरुले बताए । आफूसहित ३९ जनाको समूह लिएर एमाले फर्कनुभएका मिश्रले आफूहरु आत्माआलोचनासहित पार्टीमा फर्किएको पनि बताउनुभयो ।
‘पार्टीभित्रका अन्तरविरोध पार्टीभित्रै बसेर समाधान खोज्नुपर्ने कुरामा विश्वास रहँदा रहँदै पनि विगतमा पार्टीबाट बाहिरिने जुन निर्णय गरेँ, त्यस विचलनका लागि आत्मालोचना गर्छु’ मिश्रले भन्नुभयो । उहाँले सबै साथीहरूलाई पार्टीमा विना भेदभाव कामको जिम्मेवारी प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) मा फर्कनेहरुमा जिल्ला कमिटीका सचिवालय सदस्यहरू शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, जिल्ला कमिटी सदस्यहरू माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, विष्णु घिमिरे, सानुमैया कार्की, रुद्रबहादुर केसी छन् ।
त्यसैगरी नेकपा एसका ललितपुर महानगर कमिटीका सदस्यहरू नरेन्द्र चन्द, महेन्द्र मानन्धर, राजमान कायस्थ, राजु मानन्धर, रमेश पोखरेल, शान्ति लामा, वडा कमिटी सदस्यहरू विमला कार्की, शोभा मिश्र, नरेन्द्र तण्डुकार, रामकाजी महर्जन, देवी थापा मगर, सुलोचना गुरुङ, राधा पन्त, राजेश मानन्धर, रमा लामा, हस्तबहादुर पुन छन् ।
यस्तै राजन घिमिरे, विनोद श्रेष्ठ, देवी लामा, सुरेन्द्र मुल्मी, मनकुमारी लिम्बु, राजिव बानिया, विक्रम घिमिरे, राजन घिमिरे, सञ्जय पोखरेल, कल्पना घिसिङ, विमला खतिवडा र सुमन महर्जन पनि नेकपा (एमाले) मा समाहित भएका छन् । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सुशीला नेपाल र केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारको पनि उपस्थिति रहेको थियो ।
महासचिव पोखरेलले नवप्रवेशीहरूसमेत सबैलाई एमालेमा एउटै लयमा काम गर्ने वातावरण बन्ने विश्वास दिलाउँदै देशको विकास, निर्माण, समृद्धि र सामाजिक न्याय चाहने सबै बामपन्थी नेता कार्यकर्तालाई नेकपा एमालेमा समाहित हुन आह्वान गर्नुभयो ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया