SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२७ गते
    १०३२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि नियोजित षडयन्त्र भएको आरोप लगाएका छन् । व्यापारी दुर्गा प्रसाईँसँग फोन सम्वाद गरी २ करोडको बार्गेनिङ गरेको अडियो बाहिर आएलगत्तै सांसद श्रेष्ठको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी गरी फोन

    सम्वादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठका नभएको बताउँदै सो अडियो सांसद श्रेष्ठको राजनैतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र भएको आरोप लगाएको हो ।विज्ञप्तिमा भनिएको छ : ‘सो अडियोमा भनिएकोजस्तो मा.डा.ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउने कुरो पार्टीमा नउठेको हुँदा यो योजनाबद्ध ढंगले मा डा.ढाकाकुमार श्रेष्ठको इज्जत, मान मर्यादालाई गिराउन केही समूहहरु हात धोएर लागेको प्रस्ट छ ।’

    श्रेष्ठको सचिवालयले सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडा कार्वाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।‘सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडा कार्वाहीको प्रक्रिया अगाडि बढ्ने जानकारी गराउँदै सम्पूर्ण आफन्त, साथीभाई, शुभचिन्तकहरुमा मा.ढाकाकुमार श्रेष्ठ निस्वार्थ इमान्दार कर्मठ, एक व्यक्तित्व रहनुभएकोले यो नियोजित कपोकल्पित भ्रमको पछि नपरिदिनुहुन अनुरोध गर्दछौं ।

    र शीघ्र सत्य तथ्य छानबिन गरी सत्य कुरा बाहिर ल्याउने छौं’ विज्ञप्तिमा भनिएको छ ।सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो आइतबार बाहिर आएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं