
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाडौं । पश्चिमा मुलुकहरुमा अनेक खालका आशंका तथा बन्देजका बाबजुद पनि टिकटक सबै उमेरका प्रयोगकर्तामाझ निकै लोकप्रिय सोसल मिडिया प्लेटफर्म बनिरहेको छ । गुगल प्ले स्टोर तथा एप स्टोरबाट गरी हालसम्म साढे २ अर्बभन्दा बढी पटक टिकटक एप डाउनलोड भइसकेको छ ।
यदि तपाईं पनि टिकटकको पारखी हुनुहुन्छ र टिकटकमा चर्चित बन्न चाहनुहुन्छ भने त्यसका लागि केही टिप्स उपयोगी हुन सक्छन् ।
१. ह्यासट्यागको प्रयोग गर्नुहोस् : टिकटकमा आफूले अपलोड गरेको भिडियो धेरैभन्दा धेरै मानिसले देखुन् भन्ने चाहनुहुन्छ भने खास ह्यासट्याग प्रयोग गर्नुहोस् । पछिल्लो समय ट्रेण्डिङ भइरहेका ह्यासट्याग प्रयोग गर्दा टिकटकमा तपाईंले राख्ने भिडियो धेरैभन्दा धेरै मानिसको स्क्रिनमा देखिन्छ । यसले तपाईंलाई आफ्ना प्रतिस्पर्धीका बारेमा बुझ्न पनि सहयोग गर्छ । आगामी दिनमा अझै सिर्जनात्मक भिडियो कसरी बनाउने भन्ने बारेमा जान्न पनि सहयोग पुग्छ ।
२. लामो भिडियो बनाउन Stitch फिचरको प्रयोग गर्नुहोस् : यो फिचरले ट्वीटरमा धेरैवटा भिडियोलाई एकापसमा गाँसेर लामो भिडियो बनाउन सहयोग गर्छ । खासगरी लामो खालका कथाहरु भन्न, स–साना मुभीहरु राख्न वा लामो खालका प्रशिक्षणमूलक भिडियोहरु राख्न यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि तपाईंले आफूले गाँस्न चाहेको भिडियोमा क्तष्अज बटनमा ट्याप गरेर अन्य जोड्न क्लिपहरु छानेर लामो भिडियो बनाउन सकिन्छ ।
३. भिडियोमा फिल्टर तथा इफेक्टको प्रयोग गर्नुहोस् : तपाईंलाई यदि टिकटकमा आफ्नो भिडियोलाई अझै प्रभावकारी बनाउने मन छ भने टिकटकमा उपलब्ध तमाम खालका फिल्टर तथा इफेक्टहरुको प्रयोग गर्न सक्नुहुन्छ । यस्ता फिल्टर तथा इफेक्टले टिकटक भिडियोलाई थप सिर्जनात्मक र प्रभावशाली बनाउन सहयोग गर्छन् । भिडियोमा फिल्टर तथा इफेक्ट हाल्न स्क्रिनमा देखिने Filters तथा Effects बटनमा थिचेर आफूलाई मनपर्ने प्रकार छान्न सकिन्छ ।
४. भिडियोमा स्टिकर तथा टेक्स्ट थप्नुहोस् : तपाईंले टिकटकमा अपलोड गर्ने भिडियोका बारेमा जति प्रष्टसँग जानकारी दिनुभयो दर्शकलाई उति नै फाइदा पुग्छ । त्यसैले आफ्नो टिकटक भिडियोलाई धेरैभन्दा धेरैले हेरुन् वा जानकारीमूलक होस् भन्ने चाहनुहुन्छ भने त्यसमा टेक्स्ट तथा स्टिकर थप्न सक्नुहुन्छ ।
सन्दर्भका बारेमा जानकारी दिन, क्याप्सन हाल्न तथा कुनै सन्देश प्रवाह गर्न तपाईंले टेक्स्ट प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै भिडियोलाई फन्नी बनाउन वा विषयवस्तुसँग मिल्ने सिर्जनात्मक कुरा थप्न स्टिकर राख्न सकिन्छ ।
५. ड्वेट फिचरको प्रयोग गर्नुहोस् : टिकटक प्लेटफर्ममा आफ्नो एक्सपोजर बढाउन अन्य टिकटक प्रयोगकर्तासँगको सहकार्य निकै महत्वपूर्ण हुन्छ । अरु प्रयोगकर्तासँग सहकार्य गर्दा उसका दर्शकलाई पनि आफूतिर तान्ने र नयाँ फलोअर्स थप्ने मौका हुन सक्छ । टिकटकमा खासगरी ड्वेट तथा रियाक्सन भिडियो बनाएर अन्य प्रयोगकर्तासँग सहकार्य गर्न सकिन्छ ।
टिकटकको Duet फिचरको सहयोगमा कुनै पनि अरु प्रयोगकर्तासँग स्क्रिन विभाजित गरेर युगल भिडियो बनाउन सकिन्छ । खासगरी रियाक्सन भिडियो, कमेडीका साथै कुनै सांगीतिक भिडियो तयार गर्न यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि तपाईंले आफूले ड्वेट बनाउन चाहेको भिडियोमा गएर Duet बटनमा ट्याप गरेर आफ्नो भिडियो सुरु गर्न सक्नुहुन्छ ।
एजेन्सीको सहयोगमा


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया