SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२७ गते
    ९४० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पश्चिमा मुलुकहरुमा अनेक खालका आशंका तथा बन्देजका बाबजुद पनि टिकटक सबै उमेरका प्रयोगकर्तामाझ निकै लोकप्रिय सोसल मिडिया प्लेटफर्म बनिरहेको छ । गुगल प्ले स्टोर तथा एप स्टोरबाट गरी हालसम्म साढे २ अर्बभन्दा बढी पटक टिकटक एप डाउनलोड भइसकेको छ ।

    यदि तपाईं पनि टिकटकको पारखी हुनुहुन्छ र टिकटकमा चर्चित बन्न चाहनुहुन्छ भने त्यसका लागि केही टिप्स उपयोगी हुन सक्छन् ।

    १. ह्यासट्यागको प्रयोग गर्नुहोस् : टिकटकमा आफूले अपलोड गरेको भिडियो धेरैभन्दा धेरै मानिसले देखुन् भन्ने चाहनुहुन्छ भने खास ह्यासट्याग प्रयोग गर्नुहोस् । पछिल्लो समय ट्रेण्डिङ भइरहेका ह्यासट्याग प्रयोग गर्दा टिकटकमा तपाईंले राख्ने भिडियो धेरैभन्दा धेरै मानिसको स्क्रिनमा देखिन्छ । यसले तपाईंलाई आफ्ना प्रतिस्पर्धीका बारेमा बुझ्न पनि सहयोग गर्छ । आगामी दिनमा अझै सिर्जनात्मक भिडियो कसरी बनाउने भन्ने बारेमा जान्न पनि सहयोग पुग्छ ।

    २. लामो भिडियो बनाउन Stitch फिचरको प्रयोग गर्नुहोस् : यो फिचरले ट्वीटरमा धेरैवटा भिडियोलाई एकापसमा गाँसेर लामो भिडियो बनाउन सहयोग गर्छ । खासगरी लामो खालका कथाहरु भन्न, स–साना मुभीहरु राख्न वा लामो खालका प्रशिक्षणमूलक भिडियोहरु राख्न यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि तपाईंले आफूले गाँस्न चाहेको भिडियोमा क्तष्अज बटनमा ट्याप गरेर अन्य जोड्न क्लिपहरु छानेर लामो भिडियो बनाउन सकिन्छ ।

    ३. भिडियोमा फिल्टर तथा इफेक्टको प्रयोग गर्नुहोस् : तपाईंलाई यदि टिकटकमा आफ्नो भिडियोलाई अझै प्रभावकारी बनाउने मन छ भने टिकटकमा उपलब्ध तमाम खालका फिल्टर तथा इफेक्टहरुको प्रयोग गर्न सक्नुहुन्छ । यस्ता फिल्टर तथा इफेक्टले टिकटक भिडियोलाई थप सिर्जनात्मक र प्रभावशाली बनाउन सहयोग गर्छन् । भिडियोमा फिल्टर तथा इफेक्ट हाल्न स्क्रिनमा देखिने Filters तथा Effects बटनमा थिचेर आफूलाई मनपर्ने प्रकार छान्न सकिन्छ ।

    ४. भिडियोमा स्टिकर तथा टेक्स्ट थप्नुहोस् : तपाईंले टिकटकमा अपलोड गर्ने भिडियोका बारेमा जति प्रष्टसँग जानकारी दिनुभयो दर्शकलाई उति नै फाइदा पुग्छ । त्यसैले आफ्नो टिकटक भिडियोलाई धेरैभन्दा धेरैले हेरुन् वा जानकारीमूलक होस् भन्ने चाहनुहुन्छ भने त्यसमा टेक्स्ट तथा स्टिकर थप्न सक्नुहुन्छ ।

    सन्दर्भका बारेमा जानकारी दिन, क्याप्सन हाल्न तथा कुनै सन्देश प्रवाह गर्न तपाईंले टेक्स्ट प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै भिडियोलाई फन्नी बनाउन वा विषयवस्तुसँग मिल्ने सिर्जनात्मक कुरा थप्न स्टिकर राख्न सकिन्छ ।

    ५. ड्वेट फिचरको प्रयोग गर्नुहोस् : टिकटक प्लेटफर्ममा आफ्नो एक्सपोजर बढाउन अन्य टिकटक प्रयोगकर्तासँगको सहकार्य निकै महत्वपूर्ण हुन्छ । अरु प्रयोगकर्तासँग सहकार्य गर्दा उसका दर्शकलाई पनि आफूतिर तान्ने र नयाँ फलोअर्स थप्ने मौका हुन सक्छ । टिकटकमा खासगरी ड्वेट तथा रियाक्सन भिडियो बनाएर अन्य प्रयोगकर्तासँग सहकार्य गर्न सकिन्छ ।

    टिकटकको Duet फिचरको सहयोगमा कुनै पनि अरु प्रयोगकर्तासँग स्क्रिन विभाजित गरेर युगल भिडियो बनाउन सकिन्छ । खासगरी रियाक्सन भिडियो, कमेडीका साथै कुनै सांगीतिक भिडियो तयार गर्न यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि तपाईंले आफूले ड्वेट बनाउन चाहेको भिडियोमा गएर Duet बटनमा ट्याप गरेर आफ्नो भिडियो सुरु गर्न सक्नुहुन्छ ।

    एजेन्सीको सहयोगमा

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं