
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाण्डाै । ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् । बीबीसी गुजरातीसँग कुरा गर्दै वेकारिया परिवारका सदस्यले उनकी छोरीको दिनदहाडै हत्या गरिएको छ, यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी दाबी गर्न सक्छ भनेर प्रश्न उठाइरहेका छन् ।प्रेम प्रस्ताव अस्वीकार गर्दा फेनिल गोयानीले परिवारका सदस्यको अगाडि नै ग्रिष्माको घाँटी रेटी हत्या गरेको बताइँदै छ ।
ग्रिष्माकी काकी राधिकाले भनिन्, ‘यस्ता घटना जारी रहे हाम्रा छोरीहरु कसरी पढ्न पाउलान् ? सरकाले ब्यानर पोष्ट लगाएको छ, ‘बेटी बचाओ, बेटी पढाओ ।’ । तर यस्ता घटना भइरहेको खण्डमा महिला सुरक्षासँग जोडिएका ब्यानर पोस्टर हटाउनु पर्छ । नारा लगाउन बन्द गर्नुपर्छ । ‘बेटी बचाओ’ को ब्यानरको साटो ‘बेटी बचाउनु छ भने उनलाई घरमा नै राख ’ भन्नुपर्छ । ’
अन्यले पनि पाठ सिकून् भनेर ग्रिष्माकी काकी फेनिललाई कडा सजाय दिन माग गरिरहेकी छिन् । उनले भनिन्, ‘ग्रिष्मामाथि जे भयो, त्यो अन्य छोरीमाथि हुनु हुँदैन । हाम्रा छोरीहरु कसरी सरक्षित रहलान् ? उनीहरु त्यतिबेला मात्रै सुरक्षित हुनेछन् जब राज्य सरकार पर्याप्त सुरक्षा प्रदान गर्नेछ । ’
ग्रिष्माकी आमा विलास वेकारियाले बीबीसीसँगको कुराकानीमा आफूले छोरीको लागि न्याय मात्रै मागिरहेको बताएकी छिन् । उनले भनिन्, ‘मेरी छोरी निर्दोष छिन् । उनको कुनै गल्ती थिएन तरपनि उनको हत्या भयो । मलाई न्याय मात्रै चाहिएको छ । उसले मेरो आँखाको अगाडि छोरीको घाँटी काटिदियो । तीब्र रुपमा रगत बग्न थालेको थियो । यो सबै मैले मेरो आँखाले देखेकी थिएँ ।’
ग्रिष्मालाई पछिल्लो एक वर्षदेखि फेनिलले तनाव दिइरहेका थिएःप्रहरीलाई दिइएको उजुरी अनुसार फेनिल पछिल्लो एक वर्षदेखि ग्रिष्मालाई तनाव दिइरहेको थियो । मुटु काँप्ने यो घटनाको भिडियो सोसल मिडियामा पनि भाइरल भएको छ जसका कारण प्रहरी व्यवस्था र मानिसको संवेदनशीलतामाथि प्रश्न उठिरहेको छ ।
अभियुक्त फेनिलमाथि कार चारीको मुद्दा पनि दर्ता थियो । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । फेनिललाई प्रहरीले पक्राउ गरेको छ ।गिष्मा वेकारिया अमरोलीको जेजे शाह कलेजबाट बी कम पढिरहेकी थिइन् ।
घटनाको दिन के भयो ? आरोपका अनुसार ग्रिष्मालाई फेनिल पंजाक गोयानीले पछिल्लो एक वर्षदेखि तनाव दिँदै आएका थिए । फेनिल सूरतको कापुदारास्थित सागर सोसाइटीमा बस्दथे ।
प्रहरीको उजुरीम भनिएको छ, ‘ग्रिष्माको परिवारका सदस्यले यो मामिलालाई फेनिलको परिवारसम्म लिएर गएको थियो । ग्रिष्माका पिताका साथीसँगै उनकी मामा पनि फेनिलको परिवारसँग मिलेका थिए, उनले फेनिललाई नगर्न भनेका थिए । फेनिलले आफूले ग्रिष्मालाई पछ्याउन छोड्ने पनि बचन दिएका थिए ।’
उजुरीमा बताइएको छ – भ्यालेन्टाइन्स डेभन्दा दुईदिन अघि शनिबार बेलुका फेनिल ग्रिष्माको गाउँमा पुगे । ग्रिष्माले उनलाई देखेपछि आफ्नो ठूलो बुवा सुभाष वेकारियोलाई भनिन् । सुभाषले फेनिललाई रोक्ने कोसिस गरे, तर उनले पेटमा चक्कू हानेर घाइते बनाइदिए ।’
‘ग्रिष्माका १७ वर्षका भाइ र उजुरीकर्ता ध्रुवले पनि फेनिललाई रोक्ने कोसिस गरे, तर फेनिलले उनको हात र टाउकोमा पनि चक्कूले हमला गरे ।’
‘ग्रिष्माले पनि आफ्ना काका र भाइलाई बचाउने कोसिस गरिन् तर फेनिलले ग्रिष्माको घाँटीमा चक्कू राखिदिए । ग्रिष्माका आमा–बुवा र अन्य सदस्यले उनलाई छोडिदिन आग्रह गरिरहे तर उनले ग्रिष्माको घाँटी काटिदिए ।’
उक्त दर्दनाक घटनालाई एक प्रत्यक्षदर्शीले भने, ‘घटनापछि फेनिल त्यहाँ बसिरहे र कसैले पनि ग्रिष्मालाई बचाउने कोसिस नगरुन् भन्ने कुराको सुनिश्चित गरे ।’
यस्तै केही मिडिया रिपोर्टमा बताइएको छ, ‘जब उनलाई ग्रिष्माको मृत्यु भइसक्यो भनेर विश्वास भयो तब त्यहि चक्कूले आत्महत्या गर्ने कोसिस गरे ।’
सूरतका डेप्युटी एसपी बीके वानारले बीबीसी गुजारातीसँग भने, ‘अभियुक्तले आत्महत्या गर्ने कोसिस गरेका होइनन् । वास्तवमा उनी घटनास्थलमै उभिरहे ताकि ग्रिष्मालाई बचाउने कोसिस कसैले पनि नगरुन् । ग्रिष्मा भुइँमा लडेकी थिइन् र पीडामा छट्पटाइरहेकी थिइन् । खासमा उनी ग्रिष्माको मृत्यु सुनिश्चित गर्न चाहन्थे । उनले कसैलाई पनि टाढा आउन दिएनन्, न नै अस्पताल लैजान दिए ।’
बिके वानार भन्छन्, ‘अभियुक्त त्यहाँ दुईदेखि तीन मिनेटसम्म बसेका थिए । त्यतिबेला ग्रिष्मा पीडामा छट्पटाइरहेकी थिइन् । त्यहाँ सुपारी चपाइहे र चक्कूले अन्य व्यक्तिलाई घाइते बनाउने कोसिस गरे । जब त्यहाँ मानिसको संख्या बढ्न थाल्यो तब उनीहरुलाई तर्साउनका लागि आफूलाई नै चक्कू हाने ।’
बिके वानरका अनुसार मृतक र अभियुक्त दुबैको उमेर २० देखि २१ वर्षबीच थियो ।फेनिलका पिता पंकज गोयानीले मिडियासँगको कुराकानीमा भने, ‘फेनिल, परिवारका लागि समस्या बनिसकेका थिए, उसले कसैको कुरा पनि सुन्दैनथ्यो । जब ग्रिष्माका परिवारले आफ्नो परिवार लिएर आएका थिए तब मैले उनलाई गाली गरेको थिएँ । त्यतिबेला उनले आफूले ग्रिष्मालाई तनाव नदिने बताएका थिए । तर ऊ सुध्रिनका लागि तयार भएन्न् । यदि अदालतले उनलाई फाँसीको सजाय पनि दिन्छ भने हामीलाई कुनै अफसोस छैन ।’
फेनिलका आमाबुवाले आफ्नो छोराको स्थितिबारे थाहा पाउनका लागि आफूहरु अस्पतालसमेत नगएको बताए ।यस्तै अर्कोतर्फ ग्रिष्माका पिता नन्दलाल अफ्रिकाबाट फर्किएपछि मात्रै ग्रिष्माको अन्तिम संस्कार गरियो । अन्तिम संस्कारमा ग्रिष्माका आफन्तबाहेक छिमेकका थुप्रै मानिस समावेश भए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया