SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२५ गते
    ७७१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    राहदानी प्रकरणमा रास्वपाका सभापति रवि लामेछानेमाथि मुद्दा नचालउनुको कारणबारे प्रधानमन्त्रीका कानुनी सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुख खाेलेका छन् ।

    सरकारको सय दिन पुरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा आफूले कुनै राजनीतिक सौदाबाजी र दबाबमा मुद्दा नचलाउने उनले निर्णय नगरेको दाबी गरेका छन् । रविको मुद्दाबारे थप व्याख्या गदै महान्यायाधिवक्ता पोखरेलले नियमित प्रक्रिया अन्तर्गत नै सो निर्णय लिएको जिकिर गरेका छन् ।

    ‘रविको राहदानीसम्बन्धी मुद्दा कुनै राजनीतिक सौदाबाजी र दबाबमा टुंगिएको हैन् । यो मुद्दा नियमित प्रक्रियाबाट टुंगाइएको हो । यसलाई राजनीतिककरण गर्न खोजियो’, उनले भने ।

    रविविरूद्ध गृहमन्त्रालयलमा परेको उजुरी उपर प्रहरीले गरेको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा बुझाइएको थियो । उक्त फाइलबारे रविलाई मुद्दा चलाउनु पर्ने मनासिप कारण नदिखिएको राय सरकारी वकिलले महान्यायाधिवक्तालाई दिएका थिए । सोहि रायका आधारमा चैत ६ गते महान्यायाधिवक्ता पोखरेलले रविमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए ।

    महान्यायाधिवक्ताकाे सोही निर्णयकोविरुद्ध युवराज पौडेलले चैत १९ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि पोखरेलले आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं