SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२५ गते
    ८७४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । चितवनमा उपनिर्वाचनमा नेपाली कांग्रेस एकढिक्का देखिएको छ । गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू उपनिर्वाचनमा भने सहयोगी भूमिकामा देखिएका छन् ।

    यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएका हुन् ।

    गत निर्वाचनमा चितवन-३ बाट गठबन्धनविरुद्ध उम्मेदवारी दिएका दिनेश कोइरालालगायत विद्रोह गरेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेल यसपट कांग्रेस उम्मेदवारको पक्षमा उभिएका छन् ।

    चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार छन् । विद्रोही नेताहरूले श्रेष्ठलाई जिताउन अपील गर्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन् ।

    कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू कांग्रेसका उम्मेदवारको पक्षमा उभिएको बताएका छन् ।

    उनीहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनM कांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुने अपिल गरेका छन् ।

    चितवनमा विद्रोह गर्नेमध्ये दिनेश कोइरालाको कारबाही अझै फिर्ता भएको छैन । आगामी उपनिर्वाचनको भूमिकाको आधारमा कोइरालाको कारबाहीबारे निर्णय हुने कांग्रेसले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं