SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२३ गते
    ११५७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीबीच एकताको प्रस्ताव राखेको खुलासा गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जन्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीले पठाएको दुई पार्टीबीचको एकीकरणको प्रस्तावमा आफूले तीन पार्टी एकीकरणका लागि तयार रहेको जवाफ पठाएको बताए ।

    ‘उहाँले राखेको प्रस्ताव दुईवटा पार्टीलाई मिलाउँ भनेकोमात्रै हो । मैले पनि दुईवटा किन ? तीनवटै पार्टी मिलाइदिउँ । २०७५ जेठ ३ गने हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रलाई) मिलाएका थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण गरेका थियो । पछि गएर सर्वोच्चले अर्को ढंगले फैसला गर्दिएको थियो । त्यसलाई हामीले फेरि ध्यानमा राखेर अहिलेको अवस्थाका तीनवटा पार्टीलाई एक ठाउँमा ल्याउ । मिलाउँ भनेर मेरो र प्रचण्डकोबीचमा छलफल भयो र सहमति पनि भयो । हामी दुवै जनाको सहमतिको आधारमा मैले उहाँ (ओलीलाई) प्रस्ताव पठाएँ,’– उनले भने ।

    साथै माओवादी, नेकपा (एस) र एमालेबीचको एकताको प्रस्तावलाई अध्यक्ष ओलीले सकारात्म रुपमा लिन नसकेको उनले बताए । ओलीको नकरात्मक टिप्पणीका कारण फेरि नेकपा व्युँताउने प्रयास असफल भएको उनको दाबी छ । साथै, नेकपा व्युँताउने प्रयास अहिले पनि जारी रहेको उनले बताए । तीनवटै पार्टी एकताका लागि आफू सकारात्म रहेको र एमाले र नेकपा (एस) बीचमात्रै एकता हुननसक्ने उनले बताए ।

    ‘तीनवटा पार्टी एकताको मेरो पस्ताव लिएर दुई जना नेता जानुभयो । प्रस्ताव राखिसकेपछि उहाँले सकारात्मक हैन, नकारात्मक धारणा व्यक्त गर्नुभयो । अहिले पनि म त्यो प्रस्ताव राख्न चाहन्छु । उहाँहरु तीनवटा पार्टीलाई एक बनाउन चाहनुहुन्छ भने ठीक छ । तीनवटै पार्टीलाई एकता गरौं,’– अध्यक्ष नेपालले भने ।

    एमाले अध्यक्ष ओलीबाट आफूलाई राष्ट्रपति बन्नका लागि कुनै प्रस्ताव नै नआएको उनको दाबी छ । आफूले बाहिरी हल्लामात्रै सुनेको दाबी गर्दै उनले ओलीले आफ्नो कानले सुन्ने गरी राष्ट्रपतिका लागि कुनै प्रस्तावनै नपठाएको बताए ।

    ‘मलाई केपी ओलीजीले राष्ट्रपतिको प्रस्ताव राख्नु भएको छैन । बाहिरको चर्चाको कुनै अर्थ छ ? मेरो कानले सुन्ने र बुझ्ने गरी प्रस्ताव राख्नुपथ्र्यो त्यो राख्नु भएको छैन,’– उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भोली देखि बिहादीका बडाहरुमा सार्वजनिक सुनुवाई हुँदै,कुन वडामा कहिले र कहाँ ?

    पर्वत । जिल्लाको बिहादी गाउँपालिकाले चालु आर्थिक बर्षमा सम्पन्न भएका आयोजना तथा सेवा प्रवाहको विषयमा...

    गण्डकीलाई बजेट परेन भन्नु सत्य होइन: सदस्य सचिव

    पोखरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशलाई बजेट नपरेको भन्ने कुरा...

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष...

    गण्डकी प्रदेश दीर्घकालिन पुनस्थापना केन्द्रको उद्घाटन

    पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनस्र्थापना केन्द्रको...

    कोटीहोममा आज राधिका दासी आउने, देवी प्रतिभाको बिदाई हुने

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज भागवत मञ्जरी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं