News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    आफुमाथि बन्न लागेको डकुमेन्ट्री फिल्मको शुभसाइत गरे मेयर हर्क साम्पाङले…

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु माथि बन लागेको डकुमेन्ट्री फिल्मको शुभसाइत गरेका छन् ।‘हर्क साम्पाङ अ रिभोलुसन’ नाममा निर्माण गरिने डकुमेन्ट्रीको सोमबार मेयर साम्पाङले शुभसाइत गरेका हुन् ।

    फिल्मको निर्देशन अरुणकुमार प्रधानले गर्नेछन् ।फिल्मले मेयर साम्पाङले सञ्चालन गरिरहेको कोकाहा खानेपानी योजना अभियानलाई चित्रण गर्नेछ । शुभसाइत समारोहमा कलाकर्मी र जनश्रमदानमा खटिएका स्थानीय सहभागी थिए ।

    मेयरले कल्याप पड्काएपछि केही दृश्य खिचिएको निर्देशक प्रधानले बताए ।सुनसरीको बराहक्षेत्रमा सञ्चालित कोकाहा खानेपानी योजनाअन्तर्गत ३५ किलोमिटर लामो पाइप राखेर धरानसम्म खानेपानी ल्याइने योजना छ ।डकुमेन्ट्री फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवलाई लक्षित गरी निर्माण गरिन लागिएको हो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया