
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाडौं । भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारवाहीको निर्देशन दिएको छ ।
यो निर्देशन हुबहु पालना भए भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारवाहीमा पर्नेछन् भने यसले पठाओ र इन्ड्राइभरसहित राइड सेयर सेवा दिएका दर्जनौं कम्पनी पनि प्रभावित हुने जोखिम छ । एपको प्रयोगमार्फत निजी सवारीमा यात्रु बोक्ने काम यस्ता राइड सेयर सेवप्रदायक कम्पनीले पनि गराइरहेका छन् । अझ पछिल्लो महिनाहरुमा त अफलनाइनमै यस्तो सेवा लिने/दिनेहरु बढेका छन् ।
अझ पछिल्ला दिनमा विभिन्न लामो रुटमा समेत साना निजी गाडीहरुले मोलमोलाइ गरेर यात्रु ओसार्न थालेपछि सार्वजनिक यातायात व्यवसायीहरु भड्किएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले मंगलबार गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुर्याउने गरी निजी सवारीको रुपमा दर्ता भएका सवारी साधनहरु उद्देश्य विपरीत आफूखुशी भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसार गर्ने गरेको गुनासो गरेको थियो ।
‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ मा एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्ने नपाइने व्यवस्था भएपनि विभिन्न स्थानहरुमा निजी सवारी साधनहरुले सार्वजनिक सरह सवारी सञ्चालन गरेको महासंघको भनाइ थियो ।
‘यस्तो कार्यले द्वन्द्व र विवाद समेत हुने गरेकोले कानुन विपरीतका कार्यहरुको प्रभावकारी नियन्त्रणको व्यवस्थाका लागी सम्बन्धित निकायमा निर्देशन गरिदिनु हुन अनुरोध गरिन्छ’ ज्ञापनपत्रमा भनिएको थियो । यसकै आधारमा गृहले महासंघको पत्र संलग्न गरेर बुधबार आवश्यक कारवाहीका लागि भन्दै जिल्ला प्राशसन कार्यालयहरुमा परिपत्र गरेको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष सारेज सिटौला काठमाडौंमा कोटेश्वर, गौशाला लगायतका क्षेत्रमा निजी सवारीरुले नै सार्वजनिक जसैगरी यात्रुसँग भाडा उठाउँदै सेवा दिइरहेकाले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको बताए । यसले यात्रुलाई पनि जोखिममा पारेको भन्दै उनले प्रयोजन विपरीतको सवारीको प्रयोगलाई सरकारले निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ ।
‘पठाओ र इन्ड्राइभरलाई लक्षित गरेर यस्तो माग अघि सार्नुभएको हो भन्ने अनलाइनखबरको प्रश्नमा वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘निजी कार र स्कर्पियोले पनि लामो दूरीमा समेत यात्रु बोक्न थाले, निजी सवारी जथाभावी प्रयोग गर्दा अरु विकृति पनि बढेका छन्, हामीले कसैका विरुद्ध हैन, सार्वजनिक यातायातका पक्षमा आवाज उठाएका हौं ।’
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत रातो नम्बर प्लेटमा दर्ता भएर भाडमा यात्रु बोक्ने सवारीसाधनलाई रोक्न परिपत्र गरिएको बताउँछन् । ‘विगतमा पनि यस्तो परिपत्र हुन्थ्यो,’ उनले भने, ‘दर्ता भएका राइड सेवा दिनेहरुप्रति यो लक्षित हैन, भाडाका यात्रु बोक्ने अन्य निजी चारपांग्रे सवारीलाई कारवाही गर्न भनेका हौं ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया