SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/१० गते
    ७२२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।
    विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मार्च २४ तारिकमा विश्वभर मनाइदै आईएको क्षयरोग दिवस यस वर्ष ‘हो हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मुल नाराका साथ पर्वतमा पनि अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न भएको हो ।

    पर्वतमा क्रियाशिल पत्रकारहरु र स्वस्थ्यकर्मी विच भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल पर्वतका डा.दिपक रेग्मीले क्षयरोगको वारेमा जानकारी गराउदै नेपालमा क्षयरोगको वर्तमान अवस्थाको वारेमा सहजिकरण गर्नुभएको थियो ।

    क्षयरोग माइकोव्याक्टेरियम ट्युवरक्युलोसिस नामक आखाले देख्न नसकिने किटाणुबाट लाग्ने सरुवा रोग भएकोले समुदायमा सहजै फैलल सक्ने सम्भावना वढी रहेका कारण सवै सजक रहनु पर्ने जानकारी दिनुभयो ।

    क्षयरोग लागेको विरामीले खोक्दा हाच्छयु गर्दा खकारवाट क्षयरोगका किटाणुहरु हावामा निस्कने र स्वासप्रस्वासको माध्यमवाट फोक्सोमा गएर असर गर्ने भएकाले लक्षण देखिएका व्यक्तिहरुलाई स्वस्थ्य संस्थामा लगेर नियमित उपचारको व्यवस्था गराउनु पर्ने उहाले जानकारी दिनुभयो ।

    १ जना क्षयरोग लागेको विरामीले उपचार नगरेमा वर्षमा १० दखी १५ जना मानिसमा क्षयरोग सर्न सक्ने स्वास्थ्य कार्यालय पर्वतका क्षय कुष्ट रोग कार्यक्रम फोकल पर्सन नारायण प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    क्षयरोगका विरामीले नियमित रुपमा ६ महिना सम्म नियमित औषधी सेवन गनूपर्ने र नियमित उपचार गरेमा क्षयरोग पूणरुपमा निकोहुने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । क्षयरोगका विरामीहरुलाई नेपाल सरकार वाट निशुल्क औषधी वितरण भैरहेको छ ।

    गण्डकी प्रदेशमा अघिल्लो वर्ष २४४७ जना नया विरामी फेला परेका थिए भने यस आर्थिक वर्ष श्रावण देखी हाल सम्म १२५६ जना क्षयरोगका विरामी भेटिएका छन् । पर्वतको तथ्यांक हेर्दा अघिल्लो आवमा ६७ जना क्षयरोगका विरामी भेटिएकोमा गत श्रावण देखी हालसम्म ४५ जना क्षयरोगका विरामी फेला परेका छन् जस मध्य १३ जना महिला र ३२ जना पूरुष रहेका छन् ।

    नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगका बिरामी भेटिने गरेका छन् भने हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक रहेकोछ ।

    स्वास्थ्य कार्यालय पर्वतले आज आयोजना गरेको कार्यक्रममा उपस्थित पत्रकारहरुले क्षयरोगका वारेमा जिज्ञासा तथा सुझाव राखेका थिए । स्वस्थ्य कार्यालय पर्वतमा नि कार्यालय प्रमुख जयन्द्रमान गूरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा संचालन कार्यालयका क्षय कुष्टरोग कार्यक्रम फोकल पर्सन नारायण प्रसाद रेग्मीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं