News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य समाचार

    मैले नचाहेर पनि भूल्न सक्दिन ! तिमिले के चाहेर विर्सन भन्यौ ?? : एन. पी. घायल

    गजल
    यो साइनो यहीँनेर विर्सन भन्यौ
    जाँदैन माया खेर विर्सन भन्यौ।।

    मैले नचाहेर पनि भूल्न सक्दिन !
    तिमिले के चाहेर विर्सन भन्यौ ??

    तन मन चोखो प्रेम दिएकै थिएँ!
    के भनेझैं नपाएर विर्सन भन्यौं ?

    सुन्छु अर्कैको रातकी रानी बन्यौ!
    पराइ काख च्यापेर विर्सन भन्यौ!

    तिम्रो झुठो खेलले म`घायल´भएँ!
    कुन नशामा मातेर विर्सन भन्यौ?
    एन पी घायल पर्वत ।  २०७९-१२-१०

    लाेक कल्याणकारी

    प्रतिक्रिया