
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
उदय अतीत स्याङ्जा :-
कविता क्षेत्रीको आँखा प्राय ओभानो देखिँदैनन् । दुई बर्षे बच्चालाई काखमा लिएर प्राय उनी टोलाई रहेकी भेटिन्छिन् । आफ्नो प्रेम सफल बनाउँन, जीवनलाई उल्लासमय, रङ्गीन र अर्थपुर्ण बनाउन कविताले गाउँमै आफु संग पढ्ने साथी संग अन्तरजातिय विहे गरिन् । तर विवशता त्यहि बिहे घाँडो बन्यो उनको जीवनमा । जस्को आड भरोसामा जीवनका थुप्रै उकालीओराली पार गर्ने गर्छु भनेर सपना बुनेकी कविताले आज उस्कै अभावमा रातभरी सिरानी भिजाउनु परेको छ । कारण आफ्नै बलत्कारको अभियोगमा १२ बर्षका लागि जेल सजाय भोग्दैछन् कविताका श्रीमान् ।
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाकी कविताले सोही गाउँपालिका अन्तगर्त पौडिखोलाका विपिन सुनार (पोतबहादुर) संग २०७६ साल असोजमा ९ गते अन्तरजातीय विहे गरिन् । कविताको परिवारले छोरी खोजिदिन प्रहरीमा उजुरी दिए । विहे गरेको दश दिनपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कविता र विपिनलाई खोजेर परिवारको जिम्मा लगायो ।
परिवारको जिम्मा लगाएका भोलीपल्ट विपिन सुनार (पोतबहादुर) लाई प्रहरीमा जबर्जस्ती करणीको उजुरी पर्यो । कविताका माईती परिवारले विभिन्न डर धम्की दिएर विपिनले आफुलाई जबर्जस्ती करणी गरेको भन्ने बेहोराको कागतमा हस्ताक्षर गराएको कविताले बताईन् ।
भागी विवाह गर्नुमा उनको दोष जत्ति थियो मेरो पनि त्यति नै छ, उनीले मलाई करणी गरेका थिएनन् ।’ कविता भन्छिन्, ‘जबर्जस्ती करणीको मुद्धा परेपछि विपिनको अझ धेरै माया लाग्यो, विपिनले नगरेको गल्तीमा सजया भोग्नुपर्छ भने म उनकै साथमा जान्छु भनेर एक महिना पछि म विपिन संग विहे गरेँ ।’
‘विहे पश्चात श्रीमान्का साथ काठमाण्डौ, पोखरा लगाएतका स्थानमा बसेयौँ, हामी पोखरा रहँदा फरार अभियुक्त विपिन सुनार भनेर कागत झर्यो ।’ कविताले भनिन्, ‘कतिदिन भागेर हिँड्ने ? हामीले सहमतीमा विवाह गरेको हो, सत्य जे भएको हो त्यही भनौँ, सायद सजाय कम होला भनेर हामी प्रहरीकोमा गयौँ, प्रहरीकोमा जान साथ विपिनलाई १२ बर्ष जेल सजाय भुक्तानीका लागि सिधै जेलमा लग्यो ।’
कविताले वकिलका कारण पनि आफुहरु समस्यामा परेको बताईन् । हामी विच कुनै चिनजान भएको छैन, हामी एकअर्कालाई चिन्दैनौ, शारिरिक सम्पर्क पनि भएको छैन भन्ने बेहोराको बयान जिल्ला अदालत स्याङ्जामा दिन लगाउँदा विपिन झन फसिने काम भएको कविताको आरोप छ ।
पहिलो पटक भाग्दा हाम्रो कुनैपनि शारिरिक सम्पर्क भएको थिएन, तत्पश्चात उनीमाथि जबर्जस्ती करणीको मुद्धा लगाईयो, माईतिको दवाबमा मैले पनि म माथि करणी भएको भन्ने वकपत्रमा हस्ताक्षर गरेँ, मेरो स्वास्थ्य जाँच पनि गरियो स्वास्थ्य जाँचमा मेरो अवस्था सामान्य देखियो ।’ उनले भनिन्, ‘हामी विच वालविवाह भएको हो बालविबाहको सजाय हामी दुबैले भोग्न तयार छौँ । दोस्रो पटक उनी संग म भागेपछि छोरी जन्मिएकी हुन् ।’
कविताले विपिन कथित सानो जात भएकै कारण चारैतिरबाट षड्यन्त्रपुर्वक फसाउने काम भएको बताईन् । उनले विपिनले नगरेको गल्तीको सजायँ भोग्न जेलमा रहँदा आफ्नो दुई बर्षे छोरीले र आफुले निक्कै कष्ट भोग्नु परेको दुखेसो गरिन् ।
जिल्ला अदालत स्याङ्जाले भलै मेरो पक्षमा फैसला गर्यो तर त्यही फैसलाले आज म सबैभन्दा धेरै पीडित भएकी छु ।’ उनले थपिन्, ‘जिल्ला अदालत स्याङ्जाको फैसला चित्तनबुझेपछि उच्च अदालत पोखरामा पुनरावलोकनका लागि लागि निवेदन दिएका छौँ, आशा छ उच्च अदालतले चित्तबुझ्दो फैसला गर्ने छ ।कविताले आफु र आफ्नो श्रीमान अन्यायमा परेको भन्दै न्यायका लागि आवाज उठाउन सम्पुर्ण न्यायप्रेमी जनसमुदाय संग अपिल गरेकी छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया