
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पर्वत । नेपाल दशनामी समाज पर्वतको चौथो जिल्ला अधिवेशन धनेश्वर शिवालय मन्दिरको सभाहलमा एक समारोहका बिच सम्पन्न भएको छ । उक्त्त अधिबेशनले अध्यक्षमा तिला गिरी कृष्णलाई चयन गरेको छ । त्यस्तै राज गिरी प्रथम उपाध्यक्षमा देवराज पुरी, महिला उपाध्यक्षमा आरती पुरी, सचिवमा नारायण गिरी, सह–सचिवमा प्रल्हाद गिरी, र कोषाध्यक्षमा लक्ष्मी पुरीलाई चयन गरेको हो ।
त्यस्तै सदस्यहरु देवराज गिरी, पार्वती गिरी, देवु गिरी, कोपिला गिरी, राम गिरी, जुनु गिरी, सचिना कुमारी पुरीलाई सर्बसहमत रुपमा चयन गरेको हो ।
दशनामी समाज पर्वतका जिल्ला अध्यक्ष योगराज गिरी {बद्री} को अध्यक्षतामा सम्पन्न कार्यक्रममा दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तारा गिरीको प्रमुख आतिथ्यता रहेको थियो । दशनामी भित्र पर्ने (गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, तिर्थ, आरण्य, आश्रम) जातीहरुको जातीय पहिचान, संस्कृति संरक्षण साथै जातीय एकाताका लागि क्रियाशिल दशनामी समाजको कार्यक्रममा महिला केन्द्रिय उपाध्यक्ष सरस्वती गिरी, केन्द्रिय सदस्य डम्बर गिरी, कुश्मा न.पा. वडा नं. ७ का वडा अध्यक्ष परशुराम पुरी, वडा नं. ६ का का.वा. वडाध्यक्ष शिव गिरीको आतिथ्यता रहेको थियो ।
कार्यक्रमा सहभागी महिलाहरुको तर्फबाट आरती पुरीले शुभ–कामना मन्तव्य राखेकी थिईन्, त्यसैगरी गुप्तेश्वर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ओमकार गिरीले दशनामी सन्यासीहरु जन्मले मात्रै सन्यास भएको कर्म पूरा नभए सम्म गृहस्थी आश्रम रहेको हुँदा वैदिक संस्कार अनुसार शिखासूत्रको धारणा गर्नुपर्ने वारेमा दशनामी भित्र व्यापक वहस चलाउनु पर्ने धारणा राख्नु भएको थियो ।
त्यसैगरी सूचनाकेन्द्र डट कमका प्रबन्धक बैकुण्ठ गिरीले प्रत्येक दशनामीमा आत्मियता हुनुपर्ने बताउनु भएको थियो । केन्द्रिय सदस्य डम्बर गिरीले केन्द्रले जिल्लामा ल्याउनु पर्ने धेरै योजनाहरु भएता पनि यो कार्यकालमा उल्लेख्य काम गर्न नसकिएको जानकारी गराउनु भएको थियो ।
प्रमुख अतिथि तारा गिरीले केन्द्रीय समितिले दशनामी पहिचानका वारेमा सोध र अनुसन्धान गरी पुस्तक तयार पारिएको हाम्रा संस्कारका वारेमा अध्ययन गरी पुस्तक प्रकाशन गरेको र उक्त पुस्तकको अध्ययन पछि दशनामीको अन्तरविरोधका वारेमा धेरै हदसम्म ज्ञान प्राप्त हुने जानकारी गराउनु भएको थियो ।
दशनामी समाजका जिल्ला अध्यक्षले हालसम्म संस्थाले गरेका गतिबिधिहरुको वारेमा जानकारी गराउनु भएको थियो । ज्येष्ठ नागरिक सम्मान, जनप्रतिनिधिहरुलाई सम्मान, एस. ई. ईं मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सचिव नारायण गिरीले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष तिला गिरी (कृष्ण) ले साथै धन्यवाद मन्तव्य उपाध्यक्ष देवराज पुरीले राख्नु भएको थियो । उक्त अधिवेशनबाट सर्वसम्मत रुपमा १३ सदस्यीय नव निर्वाचित जिल्ला कार्य समिति चयन भएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया