News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद प्रवास मुख्य समाचार समाचार

    साढे ७ लाख राशीको भलिबल प्रतियोगिता पर्वत समाज अमेरिकाको आयोजनामा बाल्टिमोरमा हुँदै

    रन्जना खत्री, पर्वत। पर्वत समाज अमेरिकाको आयोजनामा यहि अप्रिल ८ र ९ गते अमेरिकाको बाल्टिमोरमा २ दिने अन्तर राज्य भलिबल प्रतियोगिता हुने भएको छ ।

    उक्त भलिबल प्रतियोगिताको उद्धाटन सम्माननिय राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाकाे उपस्थितिमामा हुने पर्वत समाज अमेरिकाका  अध्यक्ष रबिन शर्माले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    लगभग नेपाली सात लाख पचास हजार रासी बराबरको प्रथम पुरस्कार र झण्डै ४ लाख ५० हजार दोस्रो पुरस्कार रासी रहेको उक्त खेलको दर्ता खुल्ला गरिएको र दर्ता शुल्क अमेरीकी ५ सय डलर रहेको खेलकुद सँयाेजक तथा पुर्व राष्ट्रिय खेलाडी राम श्रेष्ठले सुचनाकेन्द्र डटकमलाई जनाएका छन।

    साथै खेलमा सहभागिता र दर्ता भने अमेरीका बासी नेपालीहरु मात्रै गर्न पाउने पर्वत समाज अमेरिकाका महासचिव रमेश शर्माले बताए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया