SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/२ गते
    ६४९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । चितवन–२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाले सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउने भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा लामिछाने सो क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । जम्मा ८३ हजार ९ सय ५६ जनाले मतदान गरेको सो क्षेत्रबाट लामिछानेले ४९ हजार २ सय ६४ मत पाएका थिए ।

    लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत हाँसिल गरेका थिए । सो क्षेत्रबाट ०७० र ०७४ को निर्वाचनमा दुवैपटक एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए।

    निर्वाचन आयोगले चितवन–२ मा बैशाख १० गतेलाई उपनिर्वाचन गर्ने निर्णयसँगै निर्वाचन कार्यतालिकापनि सार्वजनिक गरिसकेको छ । रास्वपाका सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला गर्दै उनको सांसद पद खारेजी गरेको थियो । यो बीचमा लामिछानेले नागरिकता पूनः प्राप्ति पनि गरिसकेका छन् । उनी भर्खरै चितवन पुगेर पनि फर्किएका छन् । सो क्षेत्रमा यसअघि नै प्रतिष्पर्धामा रहेका कांग्रेस र एमालेका उम्मेदवार उमेश श्रेष्ठ र कृष्णभक्त पोखरेलले चुनाव उठ्ने बताएका छन् । तर, पार्टीले गर्ने निर्णय मान्ने उनीहरुको भनाई छ ।

    कांग्रेसमा भने युवा नेताहरुले चितवन–२ मा डा. स्वर्णिम वाग्लेलाई अघि सार्नेगरि छलफल थालेका छन् । गत मंसिर ४ गतेको निर्वाचनमा वाग्ले चितवनबाट चुनाव लड्ने चर्चा थियो । तर, पार्टी सभापति शेरबहादुर देउवाले टिकट नदिएपछि उनी चुनाव लड्नबाट बञ्चित भएका थिए ।

    हुन उनको लागि महामन्त्री गगनकुमार थापाले काठमाडौ–४ मा पनि छोड्नेसम्मको तयारी गरेका थिए । वाग्लेले भने अहिलेसम्म उपनिर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे कुनै निर्णय गरेका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं