SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/२ गते
    ५६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सानातिना छालले डुब्ने जहाज नभएको बताएका छन् ।

    आज (मंगलबार) पार्टी निकट विद्यार्थी संगठन को २३ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आगामी स्ववियु निर्वाचनमा प्रत्येक क्याम्पसमा अनेरास्ववियुको जित हुनुपर्ने बताएका हुन् । ‘अहिले पनि हरेक क्याम्पसमा अनेरास्ववियु हुनुपर्यो । यो सानातिना छालले डुब्ने जहाज होइन । डुबाउने जहाज हो । योसँग कसैले टक्कर लियोभने थाहा नपाई ऊ ध्वस्त भइसकेको हुन्छ,’ उनले भने ।

    साथै, कांग्रेस निकट विद्यार्थी संगठनलाई उनले एमालेसँग जित्न नसकेर भागेको संगठनको संज्ञा दिएका छन् । अन्य संगठन अनेरास्ववियुको सिको गर्दै जन्मिएको भन्दै उनीहरुको अहिले जित्ने बेला नभएको ओलीको टिप्पणी छ ।

    ‘नेविसंघ भनेको अनेरास्ववियुसँग जित्न नसकेर २६ सालमा निहु खोजेर २७ सालदेखि छुट्टै संगठनको रुपमा काम गरेको, अनेरास्वियु फुटाएर नेविसंघ बनाएको अनेरास्ववियुसँग लड्न नसकेर भागेको संगठन हो । अरु पछि जन्मेका भाईबहिनी संगठनहरु यसो खेल्दै छन् । सिक्दै छन् । हामीबाट सिक्दै खोलेका हुन् । अहिले उनीहरुको जित्ने बेला भएको छैन । अहिले उनीहरुले सिक्ने हो । नेविसंघलाई हामीले जहिलेपनि छक्का हानेकै हो,’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं