News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद मुख्य समाचार समाचार

    सातौं पर्बत महोत्सव पुरुष भलिबल:-गल्कोट घुम्टे लाई हराउदै फलेबास नगरपालिका सेमिफाइनलमा प्रबेश

    गोबिन्द,पर्बत । ७ औ पर्बत महोत्सवको आज नबौ दिनमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल फलेबास नगरपालिका र गल्कोट घुम्टे बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा फलेबास नगरपालिका ३-० को सोझो सेटमा बिजयी भयो ।खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा फलेबास नगरपालिका पहिलो सेट २५-२३ ले जित्यो भने दोस्रो सेट २५-१९ ले जित निकाल्दा तेस्रो सेट पनि २५-१७ ले जित हासिल गर्दै  सेमिफाइनलमा प्रबेश गर्न सफल भयो । गल्कोट घुम्टे एक सेट पनि नजिती घर फर्कियो ।

    नकआउट चरण मा खेलईने उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,००,०००/ (दुईलाख , सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ३०,०००/ (तिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई पनि ३०,०००/ (तिस हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ । प्रतियोगिता सफाल बनाउन जिल्ला खेलकुद विकास समिति,पर्बत र जिल्ला भलिबल संघ पर्बतले पनि व्यवस्थापनमा सहयोग गरेको खेल संयोजक शेरबहादुर चोचाङ्गीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया