
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पर्वत,। प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवस प्रेस सेन्टर नेपाल पर्वत शाखाले एक कार्यक्रमकाविच मनाएको छ । १९ औं स्थापना दिवसका अवसरमा प्रेस सेन्टरले देशैभर विविध कार्यक्रम गरिरहेको सन्दर्भमा पर्वत शाखाले पनि शुभकामना आदान–प्रदान तथा दिगो पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम गरि मनाएको हो ।
प्रेस सेन्टर नेपालको कुस्मा स्थित कार्यालयमा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालको आन्दोलन र जनपक्षीय पत्रकारितासँगै समाज रुपान्तरणमा लागेर सहादत भएका महान सहिद कृष्णसेन इच्छुक लगायत भर्खरै यती एयरको प्लेन दुर्घटनामा दिवंगत भएका संगठनका केन्द्रिय उपाध्यक्ष त्रिभुवन पौडेल र प्रेस सेन्टरका अर्का सदस्य तथा पत्रकार अनिल शाहिप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
कार्यक्रमको उद्घाटन स्वर्गिय पत्रकार त्रिभुवन पौडेलको तस्बीरमा पुष्पगुच्छा अर्पण गरी फलेवास नगरपालिकाका उप–प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शोभाकुमारी क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै क्षेत्रीले जनपक्षिय पत्रकारितामा लागेर सहादत प्राप्त गर्ने महान पत्रकारहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै दिगो र व्यवसायिक पत्रकारिताका लागि थपिएका चुनौतीहरुको सामना गर्न पत्रकारहरु चनाखो रहनुपर्ने बताउनुभयो ।
उहाँले प्रेस सेन्टर र पत्रकारहरुको हकहितका लागि आफु सदैव कटिबद्द रहेको भन्दै मिल्ने र सक्ने ठाउँमा सदैव सक्दो सहयोग गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अथिति तथा नेकपा माओवादी केन्द्रका कुश्मा नगरपालिका अध्यक्ष शंकर गिरीले पत्रकारहरुको आस्था आफ्नो ठाउँमा रहने भएता पनि सूचना प्रवाहका सवालमा पत्रकारहरु स्वतन्त्र र निष्पक्ष रहन सके व्यवसायिक पत्रकारिताको गरिमा अझै बढ्न सक्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य लोकराज आचार्य सौगातले जनपक्षिय पत्रकारिताको क्षेत्रमा प्रेस सेन्टर नेपालको भूमिका अतुलनिय रहेको बताउनुभयो । समापन कार्यक्रमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा प्रेस सेन्टर नेपाल पर्वतका अध्यक्ष निर्मल पौडेलले संगठन स्थापना दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभयो । पौडेलले युद्धको रणभूमिबाट जन्मिएको जनपक्षीय र क्रान्तिकारी पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालले देशमा युद्धकाल हुँदै संघीयतासम्म आइपुग्दा ठूला–ठूला परिवर्तनहरुमा महत्वपुर्ण भूमिका खेलेको स्मरण गराउनुभयो ।
संगठनसंगै व्यवसायिक र श्रमजिवि पत्रकारहरुको हकहितका लागि सदैव लागिपर्ने भन्दै पौडेलले जनताको परिवर्तन र समाज रुपान्तरणमा प्रेससेन्टर नेपालले सदैव कलम चालिरहने र आउने दिनमा संगठनको इतिहासलाई बचाई राख्न निरन्तर लागि परिरहनेमा जोड दिनुभयो । प्रेस सेन्टर नेपाल पर्वतका अध्यक्ष निर्मल पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संगठनका पुर्वअध्यक्ष राजबाबु पिसि र सञ्चालन संगठनका कोषाध्यक्ष राम्जी आचार्यले गर्नुभएको थियो ।कार्यक्रममा नेकपा माओवादी केन्द्र कुस्मा नगर कमिटी उपाध्यक्ष मिनराज केसी अविरल ,सचिव भिम बहादुर नेपाली लगायत नेता कार्यकर्ता हरुको उपस्थिती रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया