
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
काठमाडौं, । नेपाली कांग्रेसका नेता एवं सांसद राजु थापाले आफ्नो पार्टीले पदका निम्ति कुनै मोलतोल नगरी सरकारलाई विश्वासको मत दिएको बताएका छन् ।
‘कांग्रेस संसदको सबभन्दा ठूलो र जिम्मेवार पार्टी हो । कांग्रेसले पदका निम्ति कुनै बार्गेनिङ गरेको छैन । अहिलेसम्मका प्रधानमन्त्रीहरु कठपुतली भए । कुनै पनि सरकार पाँच वर्ष टिकेनन् । त्यसैले कमरेड प्रचण्डलाई पाँच वर्ष निर्धक्क चलाउनुस् भनेर विश्वासको मत दिएका हौं । कमसेकम पाँच वर्ष कम्तीमा एउटा व्यक्तिले नेतृत्व गरोस् न । पाँच वर्ष कमरेड प्रचण्डले सरकार चलाउँदा मुलुक रहन्न र !’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सांसद थापाले भने ।
देशलाई राजनीतिक निकास दिने हो भने राष्ट्रपति पद स्वतः कांग्रेसले पाउनुपर्ने पनि उनले औंल्याए । थापाले थपे, ‘सरकारलाई दिएको विश्वासको मतमा कांग्रेसको कुनै सर्त छैन । तर संविधानले सभामुख र उपसभामुख फरक दलको हुनुपर्छ भन्ने अनुरुप एउटा पदको नै माग हामीले राखेका छौं । देशलाई निकास दिने हो भने कांग्रेसलाई स्वतः राष्ट्रपति दिए हुन्छ । कांग्रेस ठूलो दल होइन र ? तर हामीले माग्दा राष्ट्रपति मागेका छैनौं । हामीले राष्ट्रपति चाहियो भन्नु गल्ती हो र ?’ यसबारे शीर्ष नेतृत्वले छलफल गरोस् भन्ने चाहेको पनि सांसद थापाले बताए ।
पष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिए पनि सरकारमा भने कांग्रेस सहभागी नहुने उनको जिकिर छ । उनले भने, ‘पार्टी सभापतिज्यूले हामी मन्त्रीमण्डलमा जान्नौं भनेर भनिसक्नुभएको छ । हामीले विश्वासको मत मात्र दिएका हौं । सरकारमा सामेल हुँदैनौं । अब संसद् भंग नहोस्, राजनीतिक अस्थिरता नहोस्, सुशासन होस्, मुलुक सहमतिको बाटोमा जाओस्, सरकार बलियो होस् भन्नेबाहेक हाम्रो अरु चाहना छैन ।’
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले माओवादी हितबहादुर तामाङले नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई निसर्त समर्थन जनाएको दाबी गरे । उनले भने, ‘कांग्रेसले विश्वासको मत किन दियो, उसैले जान्ने कुरा हो । जे भयो, राम्रो भयो । हिजो निर्वाचनमा पनि हामी कांग्रेससँगै गठबन्धनमा थियौं । अहिलेसम्म उसले राष्ट्रपतिका लागि विश्वासको मत दिएको भनेर सार्वजनिक र औपचारिक प्रस्ताव पाएका छैनौं । हो भने पनि खुलेर प्रस्ताव राख्नुपर्यो ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा आशंका गरेपछि प्रचण्डले कुनै सौदाबाजी नगरेका जानकारी गराइसकेको पनि तामाङले औंल्याए । उनले भने, ‘कांग्रेस पुरानो र ठूलो पार्टी हो, उसले जिम्मेवार भूमिका पूरा गरेको छ । अब मुलुकको सबै राजनीतिक दलको सहमतिमा सरकार बन्नु धेरै राम्रो हुन्छ । राजकीय बाँडफाँड सामूहिक छलफलबाट टुंगिने विश्वास पनि उनले व्यक्त गरे ।’
नेकपा एमाले नेता एवं सांसद ऋषिकेश पोखरेलले नेपाली कांग्रेसले विश्वासको मत दिँदैमा आफ्नो पार्टी नआत्तिएको बताए । उनले थपे, ‘कांग्रेसले आजको परिस्थिति बुझेर विश्वासको मत दिएको हो वा लुकेको चिज केही छ भनेर प्रश्नमात्र गरेका हौं । सधैंभरि एउटै आँखाले हेर्नुहुन्न । हामी सबै हिजोको सिकाइबाटै अघि बढ्ने हो । समयको बदलावसँगै हिजोको सहमतिका आधारमा कार्ययोजना तयार भएका छन्, सबैले आआफ्नो ठाउँमा इमानदार हुनुपर्छ । सहमतिको बाटोबाटै अघि जानुपर्छ ।’


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया