
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मालाई राजीनामा गराएर एमाले महासचिव शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास तत्काललाई रोकिएको छ ।
नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै दाङ–२ बाट निर्वाचित शर्मालाई राजीनामा गराउने र पोखरेललाई उपचुनाव लडाएर सांसद ल्याउने प्रयास भएको थियो ।
४ मंसिरमा भएको चुनावमा शर्माले पोखरेललाई १९३ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन् । उनी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुन् । तर संसदको अधिवेशन सुरु नहुँदै उनलाई राजीनामा गराउने प्रयास भएको खुलेको छ ।स्रोतका अनुसार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र एमालेका ओली दुबैले रेखासँग छलफल समेत गरेका थिए ।
ओलीले बालकोटस्थित निवासमै बोलाएर रेखालाई सांसद पदबाट राजीनामा दिन र उपराष्ट्रपति बन्न प्रस्ताव राखेका थिए । तर रेखाले राजीनामा दिन अस्वीकार गरेकी छन् । दाङ–२ का मतदाताले विकासका काम गर्ने शर्तमा आफूलाई चुनावमा जिताएर पठाएको भन्दै उनले त्यो जिम्मेवारी पूरा नगरेसम्म दायाँ–वायाँ गर्ने छुट नभएको जवाफ दिएकी छन् ।
‘मप्रति दाङ २ का मतदाताको ठूलो भरोसा छ, अहिले मेरो ध्यान उनीहरुका आवश्यकतालाई कसरी पूरा गर्ने भन्नेतिर मात्र छ,’ रेखाले एमाले अध्यक्ष ओलीलाई भनेकी थिइन्, ‘उनीहरुका न्यूनतम आवश्यकता पूरा नहुन्जेल म अरुतिर ध्यान दिन सक्दिनँ ।’
ओलीले पार्टी महासचिव पोखरेललाई संसदमा ल्याउन चाहेको बुझेपछि प्रधानमन्त्री प्रचण्डले पनि रेखासँग छलफल गरेका थिए । प्रचण्डले एमाले–माओवादीसहितको सरकार भएकाले शक्ति सन्तुलन मिलाउनका लागि राजीनामा दिएर सहयोग गरिदिन आग्रह गरेका थिए । उनले पनि उपराष्ट्रपति बन्न प्रस्ताव गरेका थिए ।
रेखाले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पनि दाङ–२ को आवश्यकता एकातिर र आफू अर्कोतिर हिंड्न नसक्ने जवाफ दिएकी छन् । ‘मलाई जनताले उपराष्ट्रपति बनोस् भनेर जिताएर पठाएका होइनन्, सुविधायुक्त सडक, धारा, पानी, बिजुली, स्कुल, शिक्षा, स्वास्थ्यको न्यूनतम आवश्यकता पूरा गर्छे कि भनेर पठाएका हुन् । मप्रतिको त्यो आड भरोसा र विश्वास टुट्न नदिन पहल गर्छु भन्नुभयो, प्रचण्ड निकट स्रोतले भन्यो ।
माओवादीका एक पदाधिकारीले पनि रेखालाई राजीनामा गराएर एमाले महासचिवलाई संसदमा ल्याउने प्रयास भएको स्वीकार गरे । नाम उल्लेख नगर्ने शर्तमा एक पदाधिकारी भन्छन्, ‘कुराकानी भएको हो, अब त्यो च्याप्टर क्लोज भइसक्यो ।’
माओवादी सांसद रेखाले पनि आफूलाई उपराष्ट्रपति बन्न प्रस्ताव आएको स्वीकार गरेकी छन् । उनले संक्षिप्त प्रतिक्रिया दिंदै भनिन्, ‘मलाई प्रस्ताव नआएको होइन, सिरियसली नै आएको थियो, तर अब त्यो च्याप्टर क्लोज भइसक्यो ।’आफूले राजीनामा नदिने भनेर शीर्ष नेताहरुलाई भनेकाले आफ्नो तर्फबाट त्यो सम्भावना सकिइसकेको उनको भनाइ छ ।
एमाले महासचिव पोखरेलले भने उपचुनाव लडेर सांसदमा आउने विषय आफूले नसोचेको बताएका छन् । उनले भने, ‘उपनिर्वाचन हुनलाई पहिले त ठाउँ खाली हुनुपर्यो, परिस्थिति बन्नुपर्यो । त्यो अहिलेको जनादेश पनि होइन ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया