
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । तर प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेस भने सरकार गठनका लागि दाबी नगर्ने तयारीमा छ ।
जबकी चुनावी परिणाम आएसँगै गण्डकीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने पक्का जस्तै मानिएको थियो । ६० सदस्यीय प्रदेशसभामा कांग्रेस एक्लै बहुमत नजिक थियो । उसले २७ सिट जितेको छ र तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रको समर्थनमा कांग्रेस नेतृत्वमा सरकार बन्ने अनुमान थियो ।
जसै केन्द्रमा सत्ता समिकरण फेरियो, कांग्रेसलाई गण्डकीमा २७ फापेन । अब २२ सिट जितेको नेकपा एमालेको नेतृत्वमा नयाम् सरकार बन्ने पक्काजस्तै छ । ‘गण्डकीमा एमाले नेतृत्वमा पूरै कार्यकालको सरकार बन्ने लगभग निश्चित जस्तै भइसकेको छ,’ स्थायी कमिटी सदस्य किरण गुरुङ भन्छन्, ‘एमालेले संसदीय दलको नेता छानिसकेकाले को मुख्यमन्त्री बन्छ भन्ने सबैलाई जानकारी छ ।’
अघिल्लो पटक १२ सिट जितेको माओवादी ८ मा झरेको छ । अघिल्लो पटक ३ सिट ल्याएको राष्ट्रिय जनमोर्चाले यसपटक प्रदेशसभामा उपस्थिति जनाउन सकेन भने २ सिटसहित राप्रपा प्रदेशसभामा आएको छ । मनाङबाट स्वतन्त्र सांसद जितेका दीपक मनाङे यसपटक स्वतन्त्रकै रुपमा निर्विरोध चुनिएका थिए ।
अघिल्लो पटक सरकार ढाल्ने र बढाउने क्रममा निर्णायक बनेका उनी खुलकुद मन्त्री बनेका उनी यो पटक पनि सरकारमा जान एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर एकीकृत समाजवादी विना नै सरकार बन्ने अवस्था आएको छ । तर दुई सिट जितेको राप्रपाले साथ दिएन भने फेरि मनाङे निर्णायक बन्न सक्छन् ।
यद्यपि एमाले स्थायी कमिटी सदस्य खगराज मुख्यमन्त्री बन्ने निश्चितजस्तै भइसकेको छ । मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका उनी कांग्रेस, माओवादीसहित ५ दलीय गठबन्धन कायमै रहेको भए विपक्षी दलको नेतामा सिमित हुने थियो ।
तर केन्द्रमा आएको समिकरण फेरबदलका कारण उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ । शीर्ष तहमा पावर शेयरिङबारे प्याकेजमा सहमति खोज्ने समझदारी भएकाले मात्र अड्किएको नेताहरु बताउँछन् । मुख्यमन्त्रीका दाबेदार खगराज पनि आफू छलफलकै क्रममा रहेको र छिट्टै सरकार गठनका लागि जाने बताए । ‘१, २ दिनभित्रै टुंगो लाग्ला । म छलफलमै छु, हतार छैन,’ खगराजले भने ।
सार्वजनिक रुपमा माओवादी केन्द्रले पनि मुख्यमन्त्री दाबी गरिरहेको छ । पृथ्वीसुब्बा नेतृत्वको सरकार कानुनमन्त्रीसमेत बनेका माओवादी संसदीय दलका नेता हरि चुमानले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । तर केन्द्रले निर्णय नगरिदिँदा अनिर्णित बनेको भन्दै उनले भने, ‘के केन्द्रले केही भनेको छैन, हामी नै अन्योलमा छौं ।’
तर गण्डकीको हकमा माओवादीले नपाउने निश्चितजस्तै भएको माओवादीका एक केन्द्रीय सदस्यले बताए । प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउन दाबी पेश गर्ने समय पुस २५ गते सोमबार ४ बजेसम्म तोकेका छन् । अर्थात एमाले र माओवादी केन्द्रलाई भागवण्डा टुंग्याउने र राप्रपाको समर्थन जुटाएर सरकारमा दाबी गर्न ४ दिन समय छ ।
राप्रपा संसदीय दलका नेता पञ्चराम तमु सरकारमा सहभागी हुनेबारे छलफल गरिरहेको र सरकारमा कोको जाने भन्ने १÷२ दिनभित्रै को टुंगो लाग्ने बताउँछन् ।
राप्रपाले समर्थन गर्नासाथ ३२ प्रदेशसभा सदस्यको समर्थन जुट्छ । जबकी ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया