
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन निर्देशन दिइएको बताएका छन् ।
भोलि (४ मंसिर) मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा चार किसिमका परिस्थिति देखिए न्यूनतम बल प्रयोगको सिद्धान्त अनुरुप कसैलाई पनि सोध्नु नपर्ने गरी सर्कुलर जारी गरिएको प्रहरी महानिरीक्षक (आईजीपी) सिंहले बताए ।
स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति, सुरक्षा कायम हुननसक्ने अन्तिम विकल्पका रुपमा मात्रै सुरक्षाकर्मीले गोली चलाउनसक्ने परिकल्पना गरेको छ ।
तर, अनलाइनखबरसँग कुरा गर्दै महानिरीक्षक सिंहले चुनाव विशेष परिस्थिति भएकाले यसलाई विथोल्न खोज्ने तत्वलाई रोक्न चार अवस्थामा सिधै गोली चलाउने आदेश दिइएको बताए ।
उनका अनुसार निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सांघातिक आक्रमण भए, निर्वाचन वा मतदान अधिकृतलाई आक्रमणको अवस्था आए, मतपत्र वा पेटिका च्यात्ने वा फोड्ने परिस्थिति भए नसोधी गोली चलाउन सक्ने गरी निर्देशन जारी गरिएको हो ।
मधेश प्रदेशमा पेशेवर अपराधीको प्रयोग गरेर निर्वाचन बिथोल्ने गतिविधि हुनसक्ने भन्दै त्यस्ता अवस्थामा पनि गोली चलाउन आदेश पर्खिरहन नपर्ने भनिएको सिंहले बताए ।
प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा योजना, २०७९ ले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), तराई मधेश जनता पार्टी (टाइगर्स), विप्लव समूहबाट टुक्रिएको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले निर्वाचन सुरक्षामा खतरा सिर्जना गर्नसक्ने औंल्याएको छ । त्यही आधारमा नेपाल प्रहरीले निर्वाचनको पूर्वसन्ध्यामा विप्लव समूह र नेकपा बहुमतका गरी ८० बढी नेता, कार्यकर्तालाई पक्राउ गरेको प्रहरी महानिरीक्षक सिंहले बताए ।
विप्लव समूह तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग २० फागुन २०७७ मा तीन बुँदे सहमति गर्दै हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो । तर, सहमतिको बुँदामा भएको समझदारी अनुसार ‘कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दाहरु खारेज गर्ने सहमति’ पालना नभएको भन्दै समूहले ४ कात्तिकमाा चुनाव बहिस्कार गर्ने निर्णय गरेको थियो ।
प्रहरी प्रमुख सिंह चाहिँ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताउँदै देशैभर शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न हुने बताउँछन् । हरेक जिल्लामा प्रहरीले सुरक्षा गस्ती बढाएको छ । आकस्मिक चेकजाँचमा जोड दिएको छ ।
महत्वपूर्ण प्रतिष्ठान, संरचना तथा क्षेत्रहरुमा पनि विशेष निगरानी गरिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको वरपर मानिसहरुलाई हिँड्डुल गर्न निषेध गरिएको छ । डोरी लगाएर नजिक जानै दिइएको छैन भने नेपाली सेनाले पनि वरिपरि गस्ती गरिरहेको छ । अन्य महत्वपूर्ण क्षेत्रमा पनि चेकजाँच तीब्र पारिएको प्रहरीले जनाएको छ ।
‘शान्ति सुरक्षा मजबुत भएकाले म सबै मतदातालाई आ–आफ्नो केन्द्रमा गएर ढुक्कसँग मतदान गर्न अपिल गर्दछु’, सिंहले भने, ‘अहिले पनि जति पनि विवाद देखिएका छन्, ती सबै सामान्य हुन् ।’ हालसम्म कुनै अप्रिय घटना नहुनुले पनि निर्वाचन शान्तिपूर्ण बन्ने संकेत दिइसकेको उनले बताए ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरेर २ लाख ९८ हजार ५ सय ७९ जना सुरक्षाकर्मी खटिँदैछन् । यसपालि कारागारमा रहेका कैदीबन्दीले पनि मतदान गर्दैछन् ।
गृह मन्त्रालयले निर्वाचन विरोधी समूह, जातीय, साम्प्रदायिक संघ, संगठनको गतिविधि, खुला सीमा, भौगोलिक विकटता लगायतका आधारमा सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा मतदान स्थललाई वर्गीकरण गरेको छ । त्यही अनुसार सुरक्षा रणनीति अख्तियार गरिएको छ ।
गृहसचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले ३ हजार ८० मतदान स्थललाई अति संवेदनशील, ४ हजार ४ सय २० लाई संवेदनशील र ३ हजार ३ सय ९१ लाई सामान्य संवेदनशील मानेर सुरक्षा व्यवस्थापन मिलाएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले ७७ वटै जिल्लामा दुई वटा रिजर्भ टोली सिनियर तथा जुनियर प्रहरी अधिकृतको कमाण्डमा खटिने गरी तैनाथ गरेको केन्द्रिय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई बताउँछन् ।
केन्द्रमा पनि चारवटा केन्द्रीय रिजर्भ टोली पनि राख्ने भनिएको छ । हरेक टोलीलमा सिनियर प्रहरी अधिकृतको कमाण्डमा ५० जना प्रहरी रहनृछन् ।
निर्वाचनको अवधिभरका लागि मदिरा निषेध गरिएको छ भने निर्वाचन अवधिमा बन्दुक, खुकुरी, चेन, लाठी जस्ता घातक हतियार लिएर हिँडडुल गर्न निषेध गरिएको छ । निर्वाचनको दिन आइतबार अनुमति लिएका सवारीसाधनबाहेक बिहान ६ बजेदेखि मतदान कार्य नसकिएसम्म सवारी आवगमनमा रोक लगाइएको छ ।
गुण्डागर्दी, हुल्याहा प्रवृत्ति भएका र मतदान केन्द्र कब्जा गर्नसक्ने व्यक्तिको पहिचान गरेर आवश्यकता अनुसार जतिसुकैबेला नियन्त्रणमा लिने रणनीति लिइएको प्रवक्ता राई बताउँछन् । निर्वाचन बहिष्कार गर्ने समूहहरुले तोडफोड, आगजनी, मतपेटिका लगायत निर्वाचन सामग्री लुट्ने तथा हुलहुज्जत गर्नसक्ने सम्भवाना भएकाले सतर्कता अपनाउन पनि निर्देशन दिइएको प्रहरीले जनाएको छ ।मतदान कर्मचारीहरुलाई पनि उनीहरुले दुर्व्यवहार गर्न सक्ने भएकाले केहीलाई अग्रिम नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सुरक्षा योजना अनुसार मतदान स्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिने छ ।
निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरीलाई मोबाइल, स्ट्राइकिङ, क्यूआरटी/रिजर्भ, निर्वाच्न क्षेत्र सुरक्षा, कमाण्ड पोष्ट, जिल्लास्थित निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायतमा सुरक्षा प्रबन्ध मिलाउन परिचालन गरिएको छ ।
राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचन सुरक्षासँग सम्बन्धित सूचना संकलन, विश्लेषण गर्ने कार्यमा परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । यसका लागि केन्द्र अन्तरगत प्रदेश तथा जिल्ला कार्यालयबाट खुला एवं आवरणका कर्मचारी, स्थायी र अस्थायी सूत्र परिचालन गरिएको बताइएको छ ।
जिल्लाबाट परिचालन गर्दा कम्तिमा महानगर क्षेत्रमा ५, उपमहानगरमा ३, नगरपालिकामा २ र गाउँपालिकामा एकजनाको दरले फिल्डमा कर्मचारी परिचालन गर्ने भनिएको छ ।
नेपाली सेनाले आपतकालीन समयमा गर्नुपर्ने उद्दार कार्यमा जनशक्ति, उद्दार सामग्री र उपलब्धताको आधारमा हेलिकोप्टरसमेत प्रयोग गर्ने गरी व्यवस्था गरिएको छ । निर्वाचनको समयमा देखिनसक्ने शंकास्पद वस्तु र विष्फोटक पदार्थलाई निष्कृय पार्न पनि सेनालाई तैनाथ राखिएको छ । यसका लागि सेनाले ९ सय ३ स्थानमा बम डिस्पोजल टोली तयारी अवस्थामा राखेको छ ।मतदानको दिन हरेक मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दुरिमा फौज तैनाथ राखिएको पनि सेनाले जनाएको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया