News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    मध्यरात भूकम्पको पीडा : आमाको मुख हेर्नै नपाई बिदा भए प्रेम

    डोटी । डोटी पूर्वीचौकी गाउँपालिका-३, ठाँडागाउँका ५० बर्षीय प्रेम बोहरा कलिलै उमेरदेखि रोजगारीका लागि भारतको मुम्बई जाने गर्थे । भारतमा नोकरी राम्रै भएका कारण उनी घरमा थोरै र भारतमा धेरै समय बिताउँथे ।

    तीन वर्षपछि उनी मंगलबार साँझ आफ्नो गाउँमा पाइला टेके । सँगै आएका साथीहरु कैलालीको धनगढीतिरै अलमलिए पनि प्रेम धनगढीतिर नरोकिएर सिधै घर गए । चार छोरी र एक छोराका बुवा प्रेमलाई सायद आफ्ना सन्तानहरुको मायाले बाटोमा अलमलिन दिएन । छोराछोरीको अनुहार हेर्ने हतारका साथै अन्दाजी ८० बर्षीया आमाको आशिर्वाद लिने हतारो पनि उनीसंग थियो ।

    साँझपख उनी घर पुगे, तर पल्लो घरमा रहेकी आमालाई भेट्न गएनन् । किनकी बाहिरबाट आएका छोराले मंगलबार आमाबुबाको मुख हेर्न नहुने सामाजिक मान्यता यस क्षेत्रमा छ । त्यसैले प्रेमका छोरा पनि हजुरआमासँगै पल्लो घरमा बसे ।

    यात्राबाट थाकेर आएका प्रेमले भोलि बिहानै आमाको मुख हेर्ने र आशिर्वाद लिने सोच बनाए । उनले थकाइका कारण श्रीमती र छोरीहरुसँग पनि राम्रोसंग भलाकुसारी गरेनन् । बिहान उज्यालो त भयो तर, प्रेमका आँखा खुलेनन् । राति २ बजेर १२ मिनेटमा आएको ६.६ म्याग्निच्युडको भूकम्पले उनको ज्यान लियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया