SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/२२ गते
    ४४१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालिन नायब सुब्बा शिवराज उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

    २०५५ भदौ २५ गते सालमा सरकारी सेवामा प्रवेश गरेका उनले २०७८ साल चैत ३० गतेसम्म १ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

    यस अवधिमा उनको तलब भत्तालगायत शीर्षकबाट वैध आम्दानी ४८ लाख ९११ रुपैयाँ आम्दानी हुनुपर्नेमा उनको जग्गा खरिद, घर निर्माण, अध्ययन खर्च, कर्जाको साँवाब्याज भुक्तानी, बिमाको प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सुन खरिद सवारी साधन खरिद, र बैंक मौज्दातसमेत गरी भने १ करोड ५७ लाख ५ हजार १३४ रुपैयाँ देखिएको अख्तियारको भनाइ छ । समग्रमा करिब एक करोड १० लाख रुपैयाँको स्रोत नखुलेको अख्तियारका प्रवक्ता श्यामकृष्ण भण्डारीले जानकारी दिए ।

    अख्तियारले शिवराजसँगै उनकी पत्नी जयादेवी उपाध्यायविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । नायब सुब्बा उपाध्यायले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नीको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक खाताहरुमा वचत गरेको पाइएको अख्तियारको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं