SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/२० गते
    ७५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेकपा एमालेकी नेतृ एवं दाङ ३ की उम्मेदवार कोमल ओलीले आम जनताको विश्वास आफूलाई मात्र भएको दाबी गरेकी छन् ।

    ‘लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री भएको बेला यहाँ थुप्रै विकास भएका छन् । पूर्वाधारको विकास भएको छ । बृहत् सिँचाइ योजना आएको छ । । ६५ वटा पुल निर्माण भएका छन् । भित्री बाटो र मुख्य बाटो कालोपत्रे भएको छ । विगतमा एमालेले काम गरेकाले जनताको विश्वास बढेको छ । आम जनताको विश्वास ममाथि मात्र छ । मैले चुनाव जितिसकेकी छु,] प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ओलीले भनिन् ।

    केपी शर्मा ओलीले आफैं किन ‘मंसिर चार-ओलीको सरकार’ भन्नुभो भन्ने धमलाको प्रश्नमा उनले भनिन्, ‘मंसिर चार-एमाले सरकार हाम्रो पार्टीको नारा हो । हाम्रो केन्द्रीय कमिटीले नै केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीमा अघि सारिसकेको छ । स्थानीय तहमा हामीले ३८ लाख मत ल्याएका छौं । अब ५८ देखि ६० लाख मत ल्याउँछौं । जनताले हिजो पनि विश्वास गरे, आज त्यो विश्वास दोब्बर भएको छ ।’
    केपी ओलीको नेतृत्वमा बन्ने सरकारमा आफू मन्त्री हुनु स्वाभाविक हुने पनि उनले बताइन् ।

    ओलीले थपिन्, ‘आफ्नो जीवनकालमा मैले महाचमत्कार नै गरेकी छु । स्कुल, कलेजमा म सबैभन्दा प्रतिभाशाली विद्यार्थी थिएँ । पछि अब्बल खेलाडी भएँ । लोकगायिकाका रुपमा स्थापित भएँ कला साहित्य र संगीतबाट दाङलाई चिनाएँ । राष्ट्रिय सभामा आवाजविहीनहरुको आवाज बुलन्द गरें । जनताको म्यान्डेट पाएपछि मन्त्री हुनु स्वाभाविक हो ।’

    तपाईंका प्रतिद्वन्द्वी गठबन्धनका दीपक गिरीले त कोमल ओलीले सिन्को नभाँचेको आरोप लगाउनुभएको छ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले सिन्को नभाँचेको भए दीपक गिरीले के भाँच्नुभएको छ त ? उहाँले चिनिने, देखिने र महसुस हुने कुनै विकास गर्नुभएको छैन ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं