
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले प्रमुख राजनीतिक दलप्रतिको वितृष्णा इतिहासमै सबैभन्दा धेरै रहेको दावी गरेको छ । बिहीबार सार्वजनिक पार्टीको घोषणापत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एउटै समूहमा राखेको छ ।
फरक फरक सिद्धान्त र वाद पछ्याउने भनिए पनि व्यवहारतः यी कुनै पनि दल अर्को भन्दा फरक नदेखिएको भन्दै स्वतन्त्र पार्टीले यी दललाई एउटै समूहमा राखेको छ ।
व्यवहारतः पार्टीभित्र वा सत्ता सञ्चालन लोकतान्त्रिक नभएको, पार्टी सत्तामा सीमित शीर्ष नेताको नियन्त्रण रहेको, राजनीतिक पदहरुमा नियुक्ति र टिकट वितरण लोकतान्त्रिक नभएको उसले बताएको छ ।
पार्टीभित्रको लोकतन्त्रमा कुठाराघात हुँदा यी पार्टीभित्रका अब्बल र जान्नेहरु सधैं अवसरबाट वञ्चित भएको भन्दै यही कारण मुलुक स्वार्थ र भ्रष्टचारको जालोमा फसेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
‘यति भएर पनि उचित विकल्पको अभावमा लामो समयसम्म यीनै दलहरु नै रोजाईमा पार्ने मतदाताको संख्या ठूलो तियो, तर विगतका कर्तुत तथा स्थानीय निर्वाचनमा देखिएको परिणामले गर्दा यी दलहरुप्रतिको मतदाताहरुको वितृष्णा इतिहासमै सबैभन्दा धेरै छ’, घोषणापत्रमा भनिएको छ । ।
तर अहिलेसम्मको राजनीतिक उपलब्धी यीनै दल तथा यी दलहरुमा रहेका नेतृत्वको सहभागिता, अगुवाई र संघर्षबाट प्राप्त भएको भन्दै राष्ट्रिय स्पतत्र पार्टीले धन्यवाद पनि दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मधेशी जनाधिकार फोरमले मधेश मुद्दालाई उचाइमा पु¥याएको तर विस्तारै सत्ता स्वार्थले मधेश केन्द्रित पार्टी टुटफुट हुँदै गएको उल्लेख गरेको छ । ‘मिल्न र फुट्न यिनीहरुलाई केही गाह्रो लाग्दैन, सत्तास्वार्थका लागि जो सँग पनि मिल्ने यिनीहरुको प्रवृत्तिकै कारण तराईको वास्तविक समस्या राष्ट्रिय राजनीतिको मूलधारमा आउनै सकेन’ घोषणापत्रमा भनिएको छ ।
राप्रपालाई भने विचार एकातिर तालमेल अर्कोतिर गर्ने पार्टीको रुपमा टिप्पणी गरेको छ । प्रदेश खारेजीको माग राखेर प्रदेशमै उम्मेदवार उठाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राप्रपाको आलोचना गरेको छ । ‘राष्ट्रिय राजनीतिमा अस्तित्व जोगाउनकै लागि अर्को पार्टीसँग अस्वभाविक तालमेल गर्नुले यो पार्टीमा पनि अवसरवादी र सम्झौतापरस्त चिन्तन हावी भएको देखिन्छ’, घोषणापत्रमा भनिएको छ ।
गैरदलीय स्वतन्त्र उम्मेदवार भने पहिचानको समस्या भएको उसले बताएको छ । ‘दलहरुका बागी तथा स्वतन्त्रका रुपमा उठाइने डमी उम्मेदवारले पनि स्वतन्त्रको पहिचानमा समस्या पारेको देखिन्छ । यसबाहेक संसदीय राजनीतिमा एक्लो व्यक्ति गएर नीति निर्माण तहमा कुनै हस्तक्षेप गर्न सक्ने अवस्था रहँदैन’ राष्टिय स्वतन्त्र पार्टीले भनेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया