SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/१४ गते
    १२२६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय जीवनका महत्त्वपूर्ण क्षेत्रमा योगदान गर्ने खेलाडी, कलाकार, लेखक, साहित्यकार तथा पत्रकारलाई ६० वर्षपछि राज्यले पेन्सनको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

    आज शनिबार काठमाडौँको वडा नं ९ स्थित राम मन्दिर तथा बत्तिसपुतली क्षेत्रमा आयोजित भेटघाट, भलाकुसारी र घरदैलो कार्यक्रममा मतदाताहरुसँग कुरा गर्दै पोखरेलले नेपालमा सामाजिक तथा राष्ट्रिय योगदानमा आधारित यो प्रकारको व्यवस्थाले सो क्षेत्रमा सक्रिय रही योगदान गर्ने खेलाडी, कलाकार, लेखक तथा साहित्यकारहरुप्रति देशले दिने सम्मानले नेपाली समाजमा नयाँ सन्देश जाने बताएकी हुन् ।

    उनले भनिन्, ‘उनीहरुको रिटायर्ड लाइफमा भरथेग हुने, सम्बन्धित क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई उत्साह सिर्जना भई निरन्तर काममा लाग्न हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ प्रयोग थालनी गर्छौैँ ।’

    त्यसैगरी आफ्नो जीवनको उर्वर समय देश र समाजप्रति कर्तव्य निष्ठ भई लागेका युवाहरु जसले कतिपय अवस्थामा जीवनको उत्तरार्धमा उपचार नै पाउन कठिन भएका कैयौँ उदाहरण आफूले महसुस गरेको बताउँदै राज्यले देशका गहनाहरू प्रति पेन्सनको व्यवस्था गरेर आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं