News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    सूर्य थापालाई आयोगले सोध्यो बालबालिका प्रयोग गरेको भन्दै स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्यूठानबाट उम्मेदवार रहेका थापाले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

    ‘निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नु भएको हो ?’ आयोगले सोधेको छ । थापालाई आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया