
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बिक्रम पाण्डे मिडियामा आउन खासै रुचाउँदैनन् । भरतपुरमा आफैंले कालिका एफएम चलाएका छन्, तर त्यहाँ पनि शुभकामना दिनेबाहेक अरु काम गर्दैनन् । चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि पनि सञ्चार माध्यममा कमै देखिएका छन् ।
सोमबार भने पाण्डे आफैंले बोलाएर चितवनका सञ्चारकर्मीसँग छलफल मात्र गरेनन्, चुनाव जित्ने आश्वविश्वास सुनाए । जबकी २३ असोजमा उम्मेदवारी दर्ताका क्रममा भने उनी त्यति उत्साहित देखिएका थिएनन् ।
उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार बन्न चाहन्थे । एमालेले राप्रपासँग चुनावी तालमेल गर्ने सहमति पनि गरेको थियो । तर अन्तिम दिनसम्म छलफल गर्दा पनि चितवन ३ मा सहमति जुटेन र राप्रपाबाट पाण्डे तथा एमालेबाट रामप्रसाद न्यौपाने दुबैको उम्मेदवारी पर्यो ।
अहिले न्यौपानेको उम्मेदवारी छैन । नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्दै एमालेले न्यौपानेको उम्मेदवारी फिर्ता लियो । कांग्रेसको पनि आफ्नो आधिकारिक उम्मेदवार छैन । उसले माओवादी केन्द्रका भोजप्रसाद अधिकारीलाई समर्थन गरेको छ ।
एमालेको साथ नपाएपनि दुई ठूला दलको उम्मेदवार नहुनुलाई पाण्डेले आफ्नो अनुकुलता मानेका छन् ।२०७४ को चुनावमा कांग्रेसका कार्यकर्ताले उनलाई भोट हालेका थिए । यो पटक स्थानीय चुनावमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा तालमेल गरेका कारण एमाले कार्यकर्ताले पनि राप्रपाको चुनाव चिह्नमा मत दिएका छन् ।
पाण्डे भन्छन्, ‘यहाँका दल र तिनका कार्यकर्ताले सबै जसो चुनाव चिह्नमा मत हालेका छन्, कोही पनि अर्को दलको चुनाव चिह्नमा मत हाल्नबाट अछुतो छैन ।’
पाण्डेको आधार क्षेत्र
हाल चितवन–२ मा स्थायी रुपमा बसोवास गर्दै आएपनि पाण्डेको राजनीतिक आधार क्षेत्र भने पश्चिम चितवन र माडी नै हो । २०५६ सालमा पहिलो पटक संसदीय चुनाव लडेका पाण्डे दोस्रो भएका थिए ।
२०६४ मा निर्वाचन क्षेत्र पुनर्संरचना हुँदा चितवनमा ५ वटा निर्वाचन क्षेत्र बन्यो । पाण्डको चुनाव क्षेत्र चितवन–५ मा पर्यो । देशभर माओवादीको लहर आएको त्यो चुनावमा चितवन–५ मा उसले जित्यो । पाण्डे तेस्रो स्थानमा झरे । २०७० को चुनावमा दलहरु एकल रुपमा प्रतिस्पर्धा गर्दा पाण्डेले ठूला दलहरुलाई चक्मा दिँदै पहिलो पटक चुनाव जिते ।
२०७४ मा निर्वाचन क्षेत्र घटेर ३ वटामा झर्यो । क्षेत्र नम्बर ५ मा ४ पनि जोडेर क्षेत्र नम्बर ३ बनाइयो र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैं यो क्षेत्रको उम्मेदवार बने । पाण्डेले कांग्रेसको साथ लिएर वाम गठबन्धनको साझा उमेदवार प्रचण्डलाई टक्कर थिए । प्रचण्ड ४८ हजार २७६ मतका साथ निर्वाचित हुँदा पाण्डेले ३८ हजार ९३५ मत पाए ।
पाण्डे यो पटक एमालेको साथ लिएर प्रचण्डसँग लड्न चाहन्थे । तर न पाण्डेले एमालेको समर्थन पाए, न प्रचण्ड प्रतिस्पर्धी रहे । प्रचण्डले गोरखा–२ रोजेपछि माओवादीले चिकित्सा पेशामा रहेका डा. अधिकारीलाई यो क्षेत्रमा उम्मेदवार बनाएको छ ।
चितवन–३ मा एक लाख ४४ हजार २८३ मतदाता छन् । भरतपुर महानगरको २९ मध्ये पश्चिम क्षेत्रका १९ वटा र माडी नगरपालिका यो क्षेत्रमा पर्छ । यो निर्वाचन क्षेत्रमा २८ वटा वडा पर्छन् । यहाँका राप्रपाका वडाध्यक्षले ६ हजार १९६ भोट ल्याएका छन् ।
माओवादीको १० हजार ९४० छ । पाण्डेलाई समर्थन नगरेको एमालेले पनि आफ्नो उम्मेदवारलाई फिर्ता गराएर कांग्रेसको बागीलाई समर्थन गरेको छ । सत्ता गठबन्धनको भागवण्डामा चितवन ३ माओवादीलाई छाडेका कारण कांग्रेसको आफैं उम्मेदवार छैन । अर्थात प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्रमा अब कांग्रेस र एमालेको दुबै दलको चुनाव चिह्न पनि हुने छैन ।
जबकी सबभन्दा धेरै मत यो क्षेत्रमा कांग्रेस र एमालेकै छ । स्थानीय चुनावमा एमालेका वडाध्यक्ष उम्मेदवारहरुले २९ हजार ३४३ र कांग्रेसका उम्मेदवारहरले २९ हजार ३४३ मत पाएका थिए ।
पार्टीको मतमा आफ्नो लोकप्रिय मत थपेर माओवादी उम्मेदवार डा. अधिकारीलाई भेट्टाउन र कांग्रेस–एमालेबाट मत खाएर चुनाव जित्ने पाण्डेको रणनीति देखिन्छ ।
सोमबार सञ्चारकर्मीहरुसँग छलफल गर्दा पनि उनले कांग्रेस र एमालेबारे कुनै टिप्पणी गर्न मानेनन् । बरु माओवादी केन्द्रको भने आलोचना गरे । आफूले काम गर्न खोज्दा माओवादीले रोकेको र प्रचण्डले जितेपनि उत्पात केही नगरेको पाण्डेले बताए ।
आफू मन्त्री भएको बेलामै माडी खोलाको पुल रातो किताबमा पारेको तथा माडी जाने निकुञ्जको सडक कालोपत्रे गर्ने प्रक्रियामा अगाडि बढाएको भन्दै उनले भने, ‘मलाई ९ महिना भन्दा बढी मन्त्री बन्न दिएनन् । जति गरेको छु, त्यो तथ्य बताउँछ, हेर्नुहोला ।’
माडी जाने सडक कालोपत्रे गर्न निकुञ्ज ऐन वा अन्य कुनै कानुन बाधक नरहेको दाबी गरेका उनले चुनाव जिते दुई बर्षभित्र काम गरेर देखाउने बताए । निर्वाचन क्षेत्रमा रहेका हिन्दु जनमत र एमालेको भोट तान्ने दाउमा रहेका उनले केपी ओली प्रधानमन्त्री हुँदा सुरु गरेको माडीको अध्योध्याधाममा आर्कषक मन्दिर बनाउने बताए ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया