
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । दुई पटक चुनाव लड्दा पनि सांसद बन्न नसकेका कृष्णचन्द्र नेपाली पोखरेल २०७४ मा नवलपुर–१ (क) बाट प्रदेशसभा सदस्य मात्र भएनन्, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटको लाभ लिँदै गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल भए । गण्डकीको बहालवाला मुख्यमन्त्री पोखरेल यसपटक संघ र प्रदेश कतै पनि उम्मेदवार भएनन् ।
नवलपुर–१ मा कांग्रेसका पूर्व महामन्त्री शशांक कोइराला आफैं चुनाव लड्ने भएकाले उनले संघको टिकट दाबी नै गरेनन् । प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि उनको नाम सिफारिसै भएन । जिल्लाले समानुपातिक सूचीमा नाम थपेर पठाएको थियो, तर बन्द सूचीमा अटाएनन् ।
‘जिल्लाबाट नाम सिफारिस नभए पनि केन्द्रीय सदस्य हुँ, केन्द्रबाट भइहाल्छ भन्ने थियो,’ मुख्यमन्त्री पोखरेलले अनलाइनखबरसँग भने, ‘समानुपातिकमा राख्ने भएपछि पहिलो, दोस्रो नम्बरमा राख्ने भए राख्नुस्, नत्र नराख्नुस् भनेको हुँ ।’
प्रदेश र प्रतिनिधिसभाको आश मारेका ७३ वर्षीय पोखरेलको नजर अब राष्ट्रिय सभातिर देखिन्छ । कांग्रेस केन्द्रीय सदस्य पोखरेल भन्छन्, ‘राजनीतिमा सम्भावना नहुने भन्ने भएन । हेरौं, राष्ट्रिय सभा सदस्य भइएछ भने केही छैन ।’
मुख्यमन्त्री पोखरेल मात्र होइन, गण्डकी प्रदेशका धेरै सदस्यले संघ वा प्रदेश कतैपनि टिकट पाएनन् । केहीले बागी उम्मेदवारी दिएका थिए, तर फिर्ता लिएका छन् ।
गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ऊर्फ दीपक मनाङे भने प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । सत्ता र विपक्षी दुबै गठबन्धनको समर्थन जुटाएका उनले मनाङ क मा उम्मेदवारी दिएका थिए । दोर्जे लामा गुरुङले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई उम्मेदवारी फिर्ता गराएर मनाङे निर्विरोध बनेका हुन् ।
कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले कास्की क्षेत्र नम्बर २ को ‘ख’ को टिकट पाएका छन् । सत्ता गठबन्धनको भागमा परेको यो क्षेत्रको टिकटका लागि भौतिक पूर्वाधारमन्त्री कुमार खड्का पनि दौडमा थिए । तर थापाले बाजी मारे । अब उनी फेरि प्रदेशसभा सदस्य चुनिने मात्र होइन, सके मुख्यमन्त्री बन्ने, नभए शक्तिशाली मन्त्रालय लिने योजनामा छन् ।
गण्डकी सरकारका अर्थमन्त्री रामजी बरालले भने प्रतिनिधिसभा सदस्यकै टिकट पाएका छन् । सत्ता गठबन्धनमा माओवादीले पाएको कस्की क्षेत्र नम्बर ३ मा टिकट पाएका बराल पहिलो पटक प्रतिनिधिसभा प्रवेश गर्ने योजनामा छन् ।
प्रदेश सरकारका अरु मन्त्री भने यसपटक चुनावी दौडमा छैनन् । भौतिक पूर्वाधारमन्त्री खड्का मुख्यमन्त्री बन्ने योजनाका साथ कास्की २ को खमा चुनाव लड्न चाहन्थे । यो क्षेत्रको टिकट अर्का मन्त्री बिन्दुकुमारले पाए भने अघिल्लो पटक समानुपातिकबाट आएका कारण उनी यो पटक बन्दसूचीमै पर्न सकेनन् ।
बागी हालेका मन्त्रीले टिकट फिर्ता लिए
पार्टीले टिकट नदिएको भन्दै गण्डकीका दुई मन्त्रीले बागी उम्मेदवारी दिएका थिए, तर टिक्न सकेनन् ।गोरखा क्षेत्र नम्बर २ को ‘क’ बाट चुनाव जितेका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य फेरि उठ्न चाहन्थे । तर अध्यक्ष बाबुराम भट्टराईले आफ्ना पूर्वस्वकीय सचिव फणिन्द्र देवकोटालाई उम्मेदवार बनाए । हरिशरणले बागी उम्मेदवारी दिएका थिए, अन्तिम समयमा फिर्ता लिए ।
अर्को बागी हाल्ने मन्त्री हुन्, स्याङ्जाका मेखलाल श्रेष्ठ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल स्याङ्जा क्षेत्र नम्बर १ को (क) मा फेरि दोहोरिन चाहन्थे ।
तर सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्र माओवादीले पायो र अमृता थापा मगरले टिकट पाइन् । कांग्रेस नेता गोपालमान श्रेष्ठ निकट मेखलालले पनि मनोनयन दर्ता गराए । तर पार्टी सभापति शेरबहादुर देउवाले भोलिका दिनमा सम्बोधन गर्ने भन्दै फोन गरेपछि बागी उम्मेदवारी फिर्ता लिएका छन् ।
जो दौडमा पाखा लागे
पर्यटनमन्त्री मणिभद्र शर्मालाई अहिले पनि लाग्छ, ‘म नै गण्डकी प्रदेशको मुख्यमन्त्री हुने रहेछु, सुरुमै जोड गरिएनछ ।’कांग्रेसमा कृष्णचन्द्रलाई हटाएर मणिभन्द्रलाई संसदीय दलको नेता बनाउन हस्ताक्षर संकलन भएको थियो । १५ सदस्यीय संसदीय दलमा देउवा पक्षका ११ जना सांसदले मणिभद्रलाई नेता बनाउन हस्ताक्षर गरेर केन्द्रमा पठाएका पनि थिए । तर कांग्रेसका तत्कालिन महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले तत्काललाई दलको नेता परिवर्तन नगर्न देउवालाई आग्रह गरे, कृष्णचन्द्र जोगिए ।
त्यसको केही समयपछि नेकपामा खटपट सुरु भयो, एमाले र माओवादी ब्यूँतिएपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने भयो । त्यसैले मणिभद्रलाई बेलाबेला समयमै दलको नेता बन्न पाएको भए मुख्यमन्त्री नै हुने रहेछु भन्ने लाग्छ ।
अघिल्लो पटक समानुपातिकबाट प्रदेशसभा सदस्य भएका उनलाई यो पटक प्रत्यक्ष चुनाव लड्नैपर्ने थियो । उनले बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उठ्न खोजेका थिए ।
सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्र राष्ट्रिय जनमोर्चालाई पर्यो र अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार छन् । मणिभद्रले प्रदेशमा भए पनि टिकट दिन नेतृत्वलाई आग्रह गरेका थिए, तर पाएनन् ।
स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले लमजुङ–१ को ‘क’ मा टिकटका लागि दाबी गरेकी थिइन् । तर महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएपछि उनीसम्वद्ध माओवादी केन्द्रले लमजुङका दुबै प्रदेशसभा कांग्रेसलाई छाड्यो ।
यस्तै वनमन्त्री दीपक चर्तीमगरले यसअघि जितेकोस्याङ्जा क्षेत्र नम्बर १ को ‘क’मा टिकट खोजेका थिए । तर माओवादी महासचिव देव गुरुङको जोडबलमा अमृता थापामगरलाई टिकट मिलेपछि उनी पाखा परे ।
तनहुँ क्षेत्र नम्बर १ को ‘क’ सिफारिस भएर पनि टिकट पाउनेमा खासै आश नगरेका मन्त्री हुन्, डोबाटे विक । मन्त्रीको सपथ लिन आउँदा आउँदै बाटोमै नाम काटिएका उनले अन्तिम समयमा मन्त्री बन्ने अवसर पाएका थिए ।
माओवादी नेता तथा केन्द्र सरकारका शिक्षामन्त्री देवेन्द्र पौडेलको अन्यत्र व्यवस्थापन भए बागलुङ–२ मा आकांक्षा राखेका थिए, गण्डकीका कृषिमन्त्री चन्द्रबहादुर बुढाले । तर संघमा उनै आउने भएपछि उनको बाटो बन्द भयो ।
पृथ्वीसुब्बा केन्द्रतिर लागे, उनका चार मन्त्री चुनावी मैदानमा
गण्डकीका पहिला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यो पटक पनि प्रदेशमा उठ्न चाहन्थे, तर एमालेले उनलाई लमजुङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो ।
पृथ्वीसुब्बा सरकारमा अर्थमन्त्री रहेका किरण गुरुङ तनहुँ–२ र भौतिक पूर्वाधारमन्त्री भएका रामशरण बस्नेत गोरखा–१ बाट एमाले उम्मेदवार बनेका छन् । पृथ्वीसुब्बा नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका माओवादी नेता हरिबहादुर चुमान फेरि प्रदेशमै उठेका छन् । उनी तनहुँ–१ को प्रदेश सभा ‘ख’ मा गठबन्धनको साझा उम्मेदवार हुन् ।
पूर्वपर्यटनमन्त्री विकास लम्सालले पर्वतमा प्रतिनिधि सभाको टिकटको दाबी गरेका थिए । तर एमालेले पदम गिरीलाई उम्मेदवार बनायो । पूर्व स्वास्थ्यमन्त्री नरदेवी पुन र कृषिमन्त्री लेखबहादुर थापाले पनि यो पटक टिकट पाउन सकेनन् ।अनलाइनखबरबाट


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया