SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/२९ गते
    ६३१ &#२३४६;&#२३३५;&#२३२५;

    विराटनगर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिका सदस्य जाकिर हुसेन नेकपा एमालेमा प्रवेश गरेका छ्न्।

    माओवादी केन्द्रीय सल्लाकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री हुसेनले पार्टी त्यागेको घोषणा गरेलगत्तै एमालेमा प्रवेश गरेका हुन्।  उनले सामाजिक सञ्जालमा माओवादी छाडेको घोषणा गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।

    उनी सुनसरीबाट यो निर्वाचनमा उमेदवारको आकांक्षी थिए। तर पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका हुसेनले माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन्।

    ‘कसैलाई कुनै आरोप प्रत्यारोप नगरी आफ्नै इच्छा र स्वविवेकले माओवादी केन्द्र परित्याग गरेको घो षणा गर्दछु’, उनले ओलीलाई भेट्न बालकोट जानुअघि लेखेका थिए।

    २०७४ सालको प्रदेशसभा निर्वाचनमा हुसेन सुनसरी क्षेत्र नम्बर ४ ‘क’ मा वामगठबन्धनको तर्फबाट उमेदवार बनेका थिए। तर,आसन्न निर्वाचनमा गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा र दुवै प्रदेशसभा काङ्ग्रेसले लगेपछि माओवादी नेताहरु रुष्ट छन्।

    यसअघि टिकट एमालेले टिकट नदिने भएपछि सुनसरीको इटहरीका एमाले नेता द्वारिकलाल चौधरी माओवादीमा प्रवेश गरेका छन्। उनलाई माओवादीले प्रदेशको टिकट दिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं