SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/२६ गते
    ८८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेकपा (एमाले)का पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो ।

    एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।

    पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले अन्तिम समय आएर पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम समयसम्म आफूले पार्टीको तर्फबाटै उम्मेदवार दिने बताइरहे पनि टिकट बाँडफाँटमा आफू पक्षका नेतालाई टिकट नदिएको रिसमा साहले स्वतन्त्र उम्मेदवार दिएका हुन् ।

    त्यस्तै, एमालेले केन्द्रीय सदस्य कुन्दन कुशवाहलाई रौतहट ३ ‘ख’बाट टिकट दिएको थियो । तर, अन्तिम समय आएर प्रभु साहसँगै उनले पनि स्वतन्त्र उम्मेदवार दिएका छन् । कुशवाहलाई पनि एमालेले पार्टी सदस्य नरहनेगरी कारबाही तयारी गरेको एमालेका एक नेताले जानकारी दिए ।

    एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीविरुद्ध बागी उम्मेदवार दिएकी गंगा चौधरी सत्गौवा पनि कारबाही सूचीमा परेकी छन् । यसअघि, दुवै समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य भएका थिए । एमालेले शान्ता चौधरीलाई टिकट दिएपछि असन्तुष्ट गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । त्यस्तै, एमालेले डोल्पाकी बदमी क्वारा बुढाको नाम पनि अभिलेखबाट हटाएको छ । उनले पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् । आजको राजधानी दैनिकमा खवर छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं