SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/२० गते
    १००५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आफ्नो वकिलको उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको छ ।

    लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ । इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि लामिछाने बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका छन् । उनले वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

    अधिवक्ता घिमिरे प्रहरी वृत्त, गौशाला पुगेका थिए । ‘तर म नआइपुग्दै प्रहरी विमानस्थलमा पुगिसकेको रहेछ । गौशालामा आएपछि भेटौं भनेर बसें,’ उनले भने, उहाँहरुले लिएर आउनुभयो । भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो ।’

    विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीपलाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगेको थियो । त्यहाँबाट अहिले उनलाई गौशाला लगिएको छ ।अधिवक्ता घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका छन् ।

    तर जाहेरी पर्दा प्रहरीले गोपनीयता कायम नगरेको र सञ्चार माध्यममा ‘एकपक्षीय’ कुरा आएकाले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरेको उनले सुनाए । त्यहीकारण उनी मानसिक तनावमा समेत परेको घिमिरेले सुनाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं