News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    चर्चित मेयर द्धारिकालाल चौधरी माओवादी केन्द्र प्रवेश, प्रचण्डको गरे खुलेर प्रशंसा

    काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता द्धारिकालाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन् । आज विहान खुमलटारमा पुगेर चौधरीसहितका सुनसरीका नेताहरु माओवादी प्रवेश गरेका हुन् । चौधरीलाई अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका थिए ।

    दाहालको सचिवालयले लेखेको छ-“सुनसरी ईटहरी उपमहानगर पालिका पूर्व मेयर द्वारिक चौधरी सहित नेकपा एमालेका नेता तथा कार्यकर्ता हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) मा आज विहान प्रवेश गरेका छन् ।”

    पार्टी प्रवेशसँगै चौधरीले माओवादी अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गरेका थिए । उनले प्रचण्ड देशको नायक भएको भन्दै प्रचण्डको नेतत्वमा प्रवेश गर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिएका थिए ।

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया