SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/१५ गते
    ६२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनले सिटको बाँडफाँट करिब करिब टुँगो लगाएको छ । केही सिटमा सहमति हुन नसकेपनि शीर्ष नेताहरुले त्यसलाई मिलाउने चर्चा छ ।

    अहिले सत्ता गठबन्धनका मुख्य घटक दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच १ सिटका कारण फाटो आउन थालेको छ । 

    गठबन्धनकै बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सल्यान आफ्नो दलले नपाए गठबन्धनबाट बाहिरिने चेतानवी दिने अवस्था सिर्जना भएको थियो । सल्यान ०६४ सालदेखि माओवादीले लगातार जित्दै आएको क्षेत्र हो । सो क्षेत्रबाट टेकबहादुर बस्नेत फेरि पनि उम्मेदवार बन्ने चर्चा छ ।

    यता, माधव नेपालनिकट मानिने नेता प्रकाश ज्वालाले पनि सल्यानमा आफ्नो दाबी गरेका छन् । ज्वालाकै खातिर माधव नेपालले सल्यान आफ्नो पार्टीको भागमा नपरे गठबन्धन छोड्ने चेतानवी दिएका हुन् । कतिपयले ‘माधव नेपाललाई प्रकाश ज्वाला किन यति धेरै प्यारो ?’ भन्दै प्रश्नसमेत गर्न थालेका छन् । एमालेमा रहँदादेखि र एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठनसम्म सुरुवातदेखि नै ज्वाला माधव नेपालको पक्षमा चट्टानझैं उभिएका थिए ।

    गठबन्धनको बैठकबाट फायर भएर माधव नेपाल निस्किएको कारण प्रचण्डले आज विहान उनीसँग छुट्टै भेटवार्तासमेत गर्नुपरेको थियो । दुई नेताबीच आज सल्यानकै विषयमा छलफल भएको बताईएको छ । माधव नेपालले त प्रचण्डलाई आफू अब कांग्रेसको पुच्छर नबन्नेसम्मको जवाफ दिएका छन् । नेकपाकालिन अवस्थादेखि नै प्रचण्ड र माधव नेपालबीच सुमधुर सम्बन्ध रहँदै आएको छ । अहिले सल्यानमा ज्वालाको मरिहत्तेका कारण यी दुई नेताबीच पानी बाराबार र वारपारको अवस्था सिर्जना भएको राजनीतिक वृत्तमा चर्चा छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं