
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा दुईवटा दलको दाबी छ र आपसमा सम्वाद गरेर सल्टाउने समझदारी भएको छ ।
प्रदेशसभाको सिट बाँडफाँटका लागि कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले क्षेत्रगत प्रस्ताव ल्याएका छन् । त्यसमा छलफल चलिरहेको एक सदस्यले बताए ।
अहिलेसम्मको छलफल हेर्दा देशभरमा मोटामोटी आधा सिट कांग्रेसले लिएर बाँकी अरु दलले बाँड्ने जस्तो देखिएको छ । मधेश प्रदेशमा भने आधा सिट जनता समाजवादी पार्टी (जसपा)ले पाउने र बाँकी अरु दलले बाँड्ने देखिएको छ ।
मधेश प्रदेशको ८ जिल्लामा हरेक जिल्लामा ४ अर्थात कुल ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । कार्यदलका एक सदस्यका अनुसार बारा क्षेत्र नम्बर १ कांग्रेसले पाउने भएको छ भने २ र ३ जसपाले लिनेछ ।
बारा ४ एकीकृत समाजवादीले पाउने छ । तनहुँ १ वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छाडेका एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसानका लागि कांग्रेसले यो क्षेत्र छाडेको हो ।
पर्सा १ र २ जसपाको भागमा पर्ने निश्चितजस्तै छ । कांग्रेसले ४ पाएको छ । पर्सा ३ मा भने कांग्रेस र जसपा दुबैको दाबी छ ।
रौतहट १ एकीकृत समाजवादीले लिने छ । यहाँ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार बन्ने निश्चितजस्तै छ । रौतहट २ र ४ कांग्रेसले लिने भएको छ । रौतहट ३ मा सुरुमा माओवादी केन्द्रको दाबी थियो । तर अब जसपाले लिने सम्भावना बढेको कार्यदलका एक सदस्य बताउँछन् 
सर्लाही १ जसपाले लिएको छ भने २ पनि उसले पाउने सम्भावना छ । यद्यपि यो क्षेत्रमा माओवादी केन्द्रको पनि दाबी छ । सर्लाही–३ माओवादीले लिने छ भने ४ कांग्रेसको भागमा परेको छ ।
महोत्तरीको १ माओवादी २, कांग्रेसले लिनेछ भने क्षेत्र नम्बर ३ र ४ जसपाले लिने लगभग सहमति जुटेको कार्यदलका एक सदस्य बताउँछन् ।
धनुषाको १ माओवादीले पाउने छ भने ४ कांग्रेसले । जसपाले २ र ३ मा दाबी गरेको छ । २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रको पनि दाबी छ ।
सिरहा १ कांग्रेसले लिनेछ भने ४ मा जसपाको दावी छ । सिरहाकै निर्वाचन क्षेत्र नम्बर २ र ३ मा जसपासँगै अरु दलको पनि दाबी छ । कार्यदलका एक सदस्य भन्छन्, ‘सिरहा २ बारे कांग्रेस र जसपाबीच र ३ मा जसपा र माओवादीबीच सहमति खोज्ने समझदारी भएको छ ।’
सप्तरी क्षेत्र नम्बर १ जसपा र ४ कांग्रेसले लिने सहमति भएको छ । २ जसपा अध्यक्ष उपेन्द्र यादवको क्षेत्र हो । यहाँ कांग्रेसले पनि दाबी गरेको छ भने क्षेत्र नम्बर ३ मा कांग्रेस र जसपा दुबैको दाबी छ । एक नेता भन्छन्, ‘सप्तरीको ४ क्षेत्रमध्ये कांग्रेसले २ र जसपाले २ लिने सम्भावना छ ।’
यसरी हेर्दा मधेश प्रदेशका ३२ मध्ये १४/१५ सिट जसपाले पाउनेछ भने बाँकी १६/१७ सिट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाउनेछन् । यसमा माओवादीको ३ र एकीकृत समाजवादीको २ सिट निश्चित भएको छ भने अरु कांग्रेसले पाउने देखिएको कार्यदलका सदस्यहरु बताउँछन् ।
प्रतिनिधिसभामा आधा सिट पाएको जसपाले प्रदेशमा पनि त्यही हाराहारी पाउने देखिएको छ । कार्यदलका एक सदस्यका अनुसार प्रदेशसभाको ६४ सिटमध्ये ३०/३२ सिट जसपाले पाउने सम्भावना छ भने बाँकी अरु दलहरुले लिने छन् ।
कांग्रेसले २१/२२, एकीकृत समाजवादीले ८ र माओवादी केन्द्रले जम्मा ४ सिट पाउने सक्ने भन्दै कार्यदलका एक सदस्य भन्छन्, ‘अहिले हामी छलफलमै भएकाले एकाध सिट तलमाथि र साटफेर हुनसक्छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया