
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ । च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ ।
अहिलेसम्म भएको पाँच वटै संस्करणको उपाधि जितेको भारत सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल र बंगलादेश सामु नयाँ इतिहास बनाउने अवसर छ । त्यसका लागि दुवै टोली तयार भइसकेका छन् ।
यसअघि नेपालले चार पटक फाइनल खेल्दा चारै पटक भारतसँग पराजित भएको थियो । यस्तै एक पटक फाइनल पुगेको बंगलादेश पनि भारतसँग नै पराजित भएको थियो । दुवै टोलीले फाइनल पुग्नुअघि यस पटक भारतलाई नै पराजित गरिसकेका छन् । आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
घरेलु मैदानमै आयोजना भएको साफ च्याम्पियनसिपको ट्रफी घरमा राख्दै पहिलो पटक च्याम्पियन बनेर नेपाली दर्शक र समर्थकलाई खुशी दिने नेपालको चाहना छ । यस्तै बंगलादेश पनि फाइनल खेल्ने तयार छ र पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ ।
घरमा आइपुगेको ट्रफी घरमै राख्छौँ : प्रशिक्षक थापा
नेपालमा लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना भएको हो । सन् २०१९ विराटनगरमै भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
यस पटक नेपालको फाइनल प्रतिद्वन्दी भने नयाँ छ । त्यसैले नेपालको लागि यस पटक फाइनल विगतको भन्दा फरक हुनेछ । नेपाली टिमका प्रशिक्षक थापा र नेपाली टिम पनि नयाँ च्याम्पियन बन्ने अवसरलाई गुमाउन चाहँदैनन् । ‘यस पटक नयाँ च्याम्पियन बन्दैछ । यो सबैलाई थाहा छ र हामी त्यो अवसर गुमाउन चाँहदैनौँ, प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक थापाले भने, ‘फ्यानलाई ९० मिनेटपछि दु:खी बनाउन चाहन्नौं । साफको ट्रफी यही आइपुगेको छ र हामी यो ट्रफी बाहिर जान दिँदैनौँ । यो ट्रफीलाई अहिले जितेर दुई वर्षसम्म च्याम्पियन भएर यही राख्न चाहन्छौं ।’
९ हप्ताअघि साफका लागि तयारी सुरु गर्दा नै उपाधिमाथि अर्जुन दृष्टी राखेर तयार तयारी गरेको र ट्रफी नै एक मात्र लक्ष्य भएको थापाले बताए । ‘सुरुदेखि नै हाम्रो अर्जुनदृष्टी उपाधि माथि हो र अहिले पनि ट्रफी नै मुख्य टार्गेट हो ।’
नेपालले पुरुष र महिला फुटबलमा अहिलेसम्म साफ जित्न सकेको छैन । प्रशिक्षक थापा दुवैमा संलग्न छन् । पुरुष साफमा उनी खेलाडीको रुपमा थिए भने महिला साफमा प्रशिक्षकको रुपमा छन् त्यो पनि दोस्रो पटक ।
सन् २०१६ मा भारतमा भएको चौथो संस्करणको साफमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदा पनि थापा नै प्रशिक्षक थिए । यस पटक भारतलाई सेमिफाइनलमा हराएर थापा र नेपाली टिमले त्यसको मिठो बदला लिइसकेको छ ।
अब नेपाल उपाधि जित्नबाट एक कदम मात्र टाढा छ । ‘सेमिफाइनलमा भारत विरुद्धको प्रदर्शनबाट खुशी छौं र फाइनलमा अझ राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं । हामी हाम्रो रणनीति, मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौं । र, हाम्रो टिममा अहिले यो सबै छ । टिमप्रति म कन्फिडेन्ट छु र खुशी छु,’ थापाले आत्मविश्वाससहित भने ।
पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेर घरेलु समर्थकलाई खुशी दिने नेपाली टिमको लक्ष्य छ । यस्तै पहिलो पटक यसै च्याम्पियनसिपबाट नेपालको कप्तानी सम्हालेकी एञ्जिला तुम्बापो सुब्बाले पनि फाइनलका लागि तयार रहेको बताइन् । ‘पहिलो पटक भारतलाई पराजित गरेर फाइनल पुग्दा खुशी लागेको छ । टिम वर्कले गर्दा नै यहाँसम्म छौं। भोलि पनि त्यही अनुसार खेल्नेछौं । बोलेर भन्दा पनि मैदानमै गरेर देखाउन बाँकी छ ।’
उनले मानसिक र शारीरिक रुपमै टिम तयार रहेको बताइन् । ‘शारीरिक र मानसिक रुपमा हामी बलियो अवस्था छौं । भोलि जित्नकै लागि खेल्ने हो, एञ्जिलाले भनिन् ‘बंगलादेशलाई पछिल्लो पटक पनि हराएको हो । यसपटक उनीहरु बलिया छन् । हामी यस पटक पनि जित्नकै लागि खेल्छौं ।’
इतिहास नेपालको पक्षमा
नेपालले पछिल्लो पटक २०१९ मा भएको साफमा बंगलादेशलाई ३-० ले पराजित गरेको थियो । गतवर्ष काठमाडौंमै भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई एक खेलमा हराएको थियो भने अर्को खेल बराबरी गरेको थियो । साफमा अहिलेसम्म तीन भेटमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।
बंगलादेश विरुद्ध सिनियर टिममा नेपाल अपराजित छ र त्यसलाई निरन्तरता दिन चाहन्छ । तर प्रशिक्षक थापा भने इतिहास हेर्ने भन्दा पनि नयाँ इतिहास बनाउनेमा विश्वास गर्छन् । ‘यसअघि बंगलादेशलाई हराउँदा म थिइन । हामी इतिहासलाई विश्वास गर्दैनौँ । र हामी इतिहास बनाउनेछौं’, थापाले भने ।
थापाले बंगलादेश पनि राम्रो टिम रहेको भन्दै त्यो भन्दा नेपाल राम्रो भनेर देखाउने बताए । ‘यो पटक बंगलादेशको टिम पनि राम्रो छ । उनीहरुको टिम बेस्ट छ । राम्रो खेलेरै उनीहरु फाइनलमा पुगेका हुन् । हामी बंगलादेश भन्दा राम्रो छौं भनेर प्रमाणित गर्न चाहन्छौं र ट्रफीमा हाम्रो नाम लेखाउन चाहन्छौं ।’
घरेलु दर्शकको अगाडि खेल्दा प्रेसर भन्दा बढी इमोसन हुने थापाले बताए । डेंगुका कारण यसअघि नखेलेका दुई खेलाडी (सावित्रा र मन्जली) को आज परिक्षण गरिने र रिपोर्ट आएपछि फाइनल खेल्ने नखेल्ने थाहा हुने उनले बताए ।
प्रशिक्षक थापाले कम गल्ती गर्ने टिमले नै जित्ने बताए यस्तै कप्तान एञ्जिलाले पनि फाइनलमा गल्ती नगर्ने बताइन् । ‘फाइनलमा गल्ती गर्नुभएन । गोल खानुभएन । गल्ती गरेनौँ भने जित्छौँ ।’
फाइनल प्रतिस्पर्धात्मक हुनेछ : बंगलादेशका प्रशिक्षक छोटोन
दोस्रो पटक फाइनल पुगेको बंगलादेश नेपाल विरुद्ध खेल्नका लागि तयार छ । यस संस्करणमा बंगलादेशले टेक्निकल्ली उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । भारतलाई सेमिफाइनलमा नेपालले पराजित गर्नुअघि नै बंगलादेशले समूह चरणमा पराजित गर्दै भारतको साफमा २५ खेलको अपराजित यात्रालाई ब्रेक लगाइदिएको थियो ।
भारतलाई हराएपछि बंगलादेशको पनि मनोबल उच्च रहेको छ । सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० ले पराजित गर्दै दोस्रो पटक फाइनल पुगेको हो । बंगलादेशले फाइनल पुग्दासम्म २० गोल गरेको छ र कुनै गोल खाएको छ ।
बंगलादेशका प्रशिक्षक गोलोन रब्बानी छोटोनले फाइनल खेल्नका लागि आफ्नो टिम तयार रहेको बताए । ‘हाम्रो खेलाडीहरु फाइनल खेल्नका लागि तयार छन् । मानसिक र शारीरिक रुपमै हामी तयार छौं, प्रि म्याच कन्फ्रेन्समा छोटोनले भने, ‘हामीले फाइनलका लागि योजना बनाएका छौं र त्यही अनुसार नै खेल्नेछौं ।’
प्रशिक्षक छोटोनले फाइनलअघि खेलेको चार खेलमा गरेको प्रदर्शनलाई रिभ्यु गर्दा राम्रो खेलेको र फाइनलमा पनि त्यही अनुसार खेल्ने बताए । ‘हामीले अहिलेसम्म खेलेको खेल हेर्दा खेलाडीले राम्रो खेलेका छौं । फाइनल खेल प्रतिस्पर्धात्मक हुनेछ, किनकि नेपाल बलियो टिम छ,’ छोटोनले फाइनलबारे भने, ‘फाइनल प्रशिस्पर्धात्मक, कठिन र रमाइलो हुनेछ ।’
फाइनलमा नेपाली टिमलाई घरेलु दर्शकको समर्थन हुनेबारे प्रशिक्षक छोटोन जानकार नै छन् । त्यसैले घरेलु टिमसँग खेल्दा कठिन हुने उनको विश्लेषण छ । ‘होस्ट टिमसँग खेल्दा सधैं कठिन हुन्छ तर हामी फाइनलका लागि कन्फिडेन्ट छौं ।’
नेपालमा फुटबललाई माया गर्ने धेरै रहेकोले फाइनलमा धेरै दर्शक आउने छोटोनको विश्वास छ । तर आफ्नो टिमले यसअघि पनि नेपालसँग उमेर समूहमा खेलिसकेको र त्यही अनुभव प्रयोग गर्ने बताए ।
‘नेपालमा फुटबल लभर छन् । हामीले सेमिफाइनलमा पनि हेर्यौं । भोलि १५ हजार दर्शक हुन सक्छन्,’ छोटोनले भने, ‘हाम्रो खेलाडीलाई नेपालमा खेलेको अनुभव छ । २०१५ मा नेपालमा एएफसी यू-१४ गर्ल्स रिजनल च्याम्पियनसिप खेलेका थियौँ । त्यसपछि पनि साफ यू-१८ र एएफसी यू-१९ छनोटमा खेलिसकेका छौं । यो सबै अनुभवले हामीलाई सहयोग गर्नेछ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया