SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/३० गते
    ५६९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं .नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको चाबी माओवादीको हातमा होस् भन्ने जनताको चाहना रहेको बताएका छन् ।

    पोस्टबहादुर बोगटीको स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट देशको चाबी माओवादीको हातमा होस् भन्ने चाहना जनताले देखाएको दाबी गरेका हुन् ।

    माओवादी कमजोर भएमा राष्ट्र कमजोर हुने र संविधान प्रतिगमनतिर जाने उनको भनाइ थियो । ‘स्थानीय तहको सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको,’ उनले भने ।

    तर, यसका लागि माओवादीका नेताहरुबीचको एकता आवश्यकता पर्ने प्रचण्डको भनाइ छ । गत स्थानीय तह निर्वाचनमा आन्तरिक रुपमा एकता हुन नसक्दा नतिजा राम्रो आउन नसकेको बताएका उनले आसन्न निर्वाचनमा नेताहरु एकजुट भएर जानुपर्ने बताए ।

    देशको राजनीति आफूमा केन्द्रित हुने गरेकाले कहिलेकाहीँ आफू सौभाग्यशाली हुँ कि अभागी भन्ने लाग्ने गरेको प्रचण्डको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं