SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/२५ गते
    ६४९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । बिप्लव नेतृत्वको नेकपा पर्वतको चौथो जिल्ला सम्मेलन आज पातिचौर बजारमा सम्पन्न भएको छ । केन्द्रिय महाधिबेशन नजिकिएका बेला जिल्ला सम्मलेन सम्पन्न भएको हो । जिल्ला सम्मेलनले कृष्ण बि.क. को नेतृत्वमा १५ सदस्य जिल्ला कार्य समिति चयन गरेको हो ।

    जिल्ला सम्मेलनको उद्घाटन पछि जिल्ला सम्मेलनलाई संबोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा बाग्लुङ, म्याग्दी तथा मुस्ताङ जिल्ला ईन्चार्ज बिप्लवले राजनैतिक दलहरुले दलाललाई प्रोत्साहन गर्दै राज्य दोहन गरिरहेकोले उनिहरुको भण्डाफोर गर्न जनताको बिचमा जानू पर्ने बताएका थिए ।

    बिप्लवले पार्टीको केन्द्रीय महाधिवेशन पछि संघर्ष मार्फत स्थानिय तह तथा संघ पर्देश सरकारमा भैरहेको भष्टाचार भण्डाफोर गर्ने बताए ।

    नेता बिप्लवले भने आगामी निर्वाचनको उपयोग या बहिस्कार गर्ने बारे महाधिवेशनबाट निर्णय गरि निर्वाचनमा भाग लिदा राष्ट्रबादी शक्तीहरुसँगको कार्यगत एकता गर्ने, वा निर्वाचनमा भाग नलिएको अबस्थामा भष्ट दलाल उमेदवारहरुको भण्डाफोर र जनकारबाही गर्ने बताए ।

    त्यस्तै केन्द्रीय सदस्य तथा पर्वत स्याङ्जा जिल्ला ईन्चार्ज बिकिरणले पर्वतमा भएको बिकास निर्माणका कामहरुको अनुगमन गरि निरन्तरतामा संघर्षका कार्यक्रम गर्ने बताए । पर्वत जिल्ला सदैभर क्रान्तिकारीहरुको आधार भुमी भएको भन्दै यसको नेतृत्व अब नेकपाले लिनु पर्ने बताए ।

    ईन्चार्ज बिकिरणले भने नेपाली काङ्ग्रेस, माओवादी र समाजवादीहरु बिचार आर्दशलाई तिलाञ्जली दिएर निर्वाचनमा गठबन्धनका नाममा जनतालाई ठगिरहेको बताए ।।

    जिल्ला सम्मलेन कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी कृष्ण बिक किरण, सञ्चालन ढक बहादुर क्षेत्री र स्वागत मन्तब्य नारायण जिसी गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं