SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/१९ गते
    ७९० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । पवन कार्की नेतृत्वको विद्रोही समूहले ‘रिभोलुसनरी फोर्स’ घोषणा गर्न लागेको हो ।

    यसअघि अध्यक्ष पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स यही भदौ २२ गते सार्वजनिक गर्ने घोषणा गरेको थियो । समानान्तर गतिविधि गर्दै आएको कार्की नेतृत्वको समूहले त्यसको एक दिन अगाडि अर्थात भदौ २१ गते गते नै सोही प्रकृतिको फोर्स गठन गर्न लागेको हो ।

    अखिल क्रान्तिकारीको विद्रोही समूहका प्रवक्ता उपदेश यादवले भदौ २१ गते काठमाडौंमा क्रान्तिकारी विद्यार्थीहरुको दस्ताको रुपमा रिभोलुसनरी

     फोर्स घोषणा तथा मार्चपास कार्यक्रम आयोजना गरिएको जानकारी दिए । ‘राष्ट्रियता, गणतन्त्र र संविधानको रक्षक हौं हामी ! भ्रष्ट, दलाल र माफियाहरुका विरुद्ध लड्ने क्रान्तिकारी योद्धा हौं हामी, भन्ने नाराका साथ भदौ २१ गते मंगलबारको दिन दिउँसो २ बजे माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम तय गरेका छौं,’ प्रवक्ता यादवले भने ।

    पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले आगामी निर्वाचनलाई लक्षित गरी देशभरका कार्यकर्ताहरुबाट छानेर क्रान्तिकारी फोर्स नामको संगठित दस्ता बनाउने जनाएको छ । त्यसको घोषणा पार्टी अध्यक्ष प्रचण्डमार्फत् गरिने भनेर प्रचार गरिएको छ । कार्की नेतृत्वको समूहले भने कुन नेता मार्फत् फोर्स सार्वजनिक गर्ने भन्ने खुलाएको छैन ।

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा एकलौटी ढंगले केन्द्रीय समिति र पदाधिकारी चयन गरेको भन्दै कार्की नेतृत्वको समूह असन्तुष्ट छ । सो समूहले देशैभर समानान्तर गतिविधि गर्दै आएको छ ।

    अध्यक्ष पञ्चा सिंहले कार्की र उनको समूहका नेताहरुलाई संगठनबाट निस्कासन गरेको निर्णय गरे पनि माओवादी अध्यक्ष प्रचण्डको हस्तक्षेपका कारण उक्त निर्णय कार्यान्वयन भएको छैन । अध्यक्ष प्रचण्डले कार्की समूहलाई बेवास्ता गर्न नमिल्ने भन्दै उनीहरुलाई पनि मिलाएर जान अध्यक्ष सिंह र फ्राक्सन इन्चार्ज हितमान शाक्यलाई निर्देशन दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं