
१जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
२भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
३मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
४रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
५सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
६जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
७जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
८फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
९रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
१०पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
११पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
१२विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् ।
भर्खरै भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेको छ । सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरियाे । ‘पार्टी अध्यक्ष (ओली) को चाहना उषाजीलाई उठाउने छ,’ भण्डारीसँगै कमिटीमा रहेका एमाले नेताले भने, ‘उषाजी उठ्दा जननेता मदनको सम्मान नै हुने, अनि सक्षम युवापुस्ताको प्रतिनिधित्व हुने सन्देश जान्छ भन्ने बुझाई हो । अहिले पार्टीमा त्यस्तो स्पिरिट चाहिएको पनि छ ।’ नेताले काठमाडौं महानगरमा सुनिता डंगोलको उपमेयर उम्मेदवारी सफल भएको उदाहरण पार्टीभित्र चलिरहेको बताए ।
भण्डारीलाई काठमाडौं २ मा लैजान सकिने एमालेका नेताहरुले बताएका छन् । यसअघिका चुनावहरुमा माधव नेपालले लड्दै आएको क्षेत्रमा भण्डारी जाँदा कार्यकर्तामा सही सन्देश जाने उनीहरुको भनाइ छ ।
भण्डारीले भने आफ्नो उम्मेदवारीबारे कुनै निर्णय नभएको दाबी गर्दै त्यसबारे चर्चा गर्न चाहिनन् । ‘म अहिले उठ्नेबारे कुनै निर्णय भएको छैन, त्यो पार्टीको कुरा हो,’ अनलाइनखबरसँग भण्डारीले भनिन्, ‘मैले कुनै इच्छा पनि देखाएकी छैन ।’
अखिल नेपाल महिला संघबाट राजनीतिमा प्रवेश गरेकी भण्डारी एमालेका पूर्वमहासचिव मदन भण्डारी तथा राष्ट्रपति विद्या भण्डारीकी जेठी छोरी हुन् । मदन भण्डारी फाउन्डेसनको नेतृत्व गरिरहेकी उनी चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं भ्रमणमा आउँदा प्रथम महिलाको हैसियतमा स्वागतमा सरिक थिइन् ।
भण्डारी यसअघि नै सक्रिय राजनीतिमा भए पनि संसदीय प्रतिष्पर्धामा आउन एमाले अध्यक्ष ओलीले नै जोड गरिरहेको बालकोट निकट स्रोतले पुष्टि गर्याे ।
राष्ट्रपति विद्या भण्डारी अब सक्रिय राजनीतिमा फर्कने सम्भावना न्युन रहेको अवस्थामा उषाकिरण भण्डारीलाई अगाडि सार्न उपयुक्त बेला भएको एमालेका ती नेताले तर्क गरे । भण्डारी संसदीय राजनीतिमा आएमा एमालेमा पनि पारिवारिक विरासतको राजनीतिले ठाउँ पाउँदै गएको मानिने छ ।



१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया