SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/१ गते
    ८०१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् ।

    भर्खरै भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेको छ । सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरियाे । ‘पार्टी अध्यक्ष (ओली) को चाहना उषाजीलाई उठाउने छ,’ भण्डारीसँगै कमिटीमा रहेका एमाले नेताले भने, ‘उषाजी उठ्दा जननेता मदनको सम्मान नै हुने, अनि सक्षम युवापुस्ताको प्रतिनिधित्व हुने सन्देश जान्छ भन्ने बुझाई हो । अहिले पार्टीमा त्यस्तो स्पिरिट चाहिएको पनि छ ।’ नेताले काठमाडौं महानगरमा सुनिता डंगोलको उपमेयर उम्मेदवारी सफल भएको उदाहरण पार्टीभित्र चलिरहेको बताए ।

    भण्डारीलाई काठमाडौं २ मा लैजान सकिने एमालेका नेताहरुले बताएका छन् । यसअघिका चुनावहरुमा माधव नेपालले लड्दै आएको क्षेत्रमा भण्डारी जाँदा कार्यकर्तामा सही सन्देश जाने उनीहरुको भनाइ छ ।

    भण्डारीले भने आफ्नो उम्मेदवारीबारे कुनै निर्णय नभएको दाबी गर्दै त्यसबारे चर्चा गर्न चाहिनन् । ‘म अहिले उठ्नेबारे कुनै निर्णय भएको छैन, त्यो पार्टीको कुरा हो,’ अनलाइनखबरसँग भण्डारीले भनिन्, ‘मैले कुनै इच्छा पनि देखाएकी छैन ।’

    अखिल नेपाल महिला संघबाट राजनीतिमा प्रवेश गरेकी भण्डारी एमालेका पूर्वमहासचिव मदन भण्डारी तथा राष्ट्रपति विद्या भण्डारीकी जेठी छोरी हुन् । मदन भण्डारी फाउन्डेसनको नेतृत्व गरिरहेकी उनी चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं भ्रमणमा आउँदा प्रथम महिलाको हैसियतमा स्वागतमा सरिक थिइन् ।

    भण्डारी यसअघि नै सक्रिय राजनीतिमा भए पनि संसदीय प्रतिष्पर्धामा आउन एमाले अध्यक्ष ओलीले नै जोड गरिरहेको बालकोट निकट स्रोतले पुष्टि गर्‍याे ।

    राष्ट्रपति विद्या भण्डारी अब सक्रिय राजनीतिमा फर्कने सम्भावना न्युन रहेको अवस्थामा उषाकिरण भण्डारीलाई अगाडि सार्न उपयुक्त बेला भएको एमालेका ती नेताले तर्क गरे । भण्डारी संसदीय राजनीतिमा आएमा एमालेमा पनि पारिवारिक विरासतको राजनीतिले ठाउँ पाउँदै गएको मानिने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं