SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/३० गते
    ५९७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डाै‌ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताए । सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

    उनले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताएका छन् । उनले कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएको भन्दै यसलाई संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

    प्रधानमन्त्री देउवाले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्ट्रिय समान प्रकृतिका प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए । उनले देशको साहित्यिक र सांस्कृतिक क्षेत्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यक्ता रहेको बताए ।

    प्रधानमन्त्री देउवाले उपत्यकाभित्र बसोवास गर्ने प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा भएकोले यिनको खोजि गरी प्रकाशन गर्नु आजको प्रमुख आवश्यक्ता भएको बताए ।

    प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको र महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालयको चाँडै उद्घाटन गर्न लागिएको भन्दै उनले खुशी व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को पनि शुभारम्भ गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं