
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो राजा महेन्द्र बनेको आरोप लगाएका छन् ।
“राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको साधारण कार्यकर्ताजस्तो देखिनुभएको छ । एमालेको जिम्मेवार कार्यकर्ता भएको भए पनि देशका लागि सोच्नुहुन्थ्यो होला ।
उहाँ राजा महेन्द्रको पथमा हिँड्नुभएको छ । उहाँ दोस्रो राजा महेन्द्र हुनुभएको छ । एमालेको भोटको राजनीतिमा फस्नुभएको छ । उहाँले सार्वभौमसत्ता सम्पन्न संसदलाई अपमानित गर्नुभएको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने ।
राष्ट्रपतिलाई नागरिकता विधेयक रोक्ने नैतिक, कानुनी र संवैधानिक अधिकार नदिएको पनि यादवले औंल्याए । उनले भने, “आमाबाबु जन्मसिद्ध नागरिक, उसका छोराछोरी अनागरिक कसरी हुन्छ ? तिनको अपराध के हो ? तिनलाई धपाएर पठाउने ? राष्ट्रपतिसँग देशलाई जोड्ने अवसर थियो । उहाँले एमालेको डिजाइनमा यो काम गर्नुभएको छ । नेपाली जनताले राष्ट्रपतिलाई माफी दिने छैनन् ।”
उनले नेपालको राष्ट्रपति नेकपा एमालेको अध्यक्ष हो भनी प्रश्न गरे । यादवले थपे, “नागरिकताको समस्या मधेसमा मात्र होइन, पहाडमा पनि छ । उहाँ संसद् विघटनको बेला एक्सपोज हुनुभएको थियो ।
अहिले फेरि चुनावी मसला बनाउने काममा लाग्नुभएको छ । उहाँले महिलालाई अपमानित गर्नुभएको छ । बाबु को थियो भन्ने आमालाई थाहा हुन्छ कि दाजुभाइलाई थाहा हुन्छ ? नेपालको राष्ट्रपति एमालेको अध्यक्ष हो ? केपी ओली र एमाले चुनावमा धुलोपिठो हुनेवाला छन् ।” उनले नागरिकता विधेयक संसद्ले फेरि पास गर्ने र राष्ट्रपतिले बाध्य भएर प्रमाणीकरण गर्ने पनि औंल्याए ।
मधेस प्रदेश सरकार केन्द्र सरकारविरुद्ध धर्नामा आउनु जरुरी नभएको पनि उनको भनाइ छ । यादवले भने, “प्रदेश प्रहरी समायोजनमा केन्द्रीय सरकार सकारात्मक नै छ । यो मधेस प्रदेशमा मात्र होइन, सबै प्रदेशको समस्या हो । तीन महिनापछि चुनाव हुने भएकाले तत्काल प्रहरी समायोजन भए पनि कार्यान्वयन गर्न गाह्रो छ ।
यो समस्या वार्ताबाटै समाधान हुन्थ्यो, धर्नामा आउनु आवश्यक थिएन ।”अर्को प्रसंगमा उनले यो गुट त्यो गुटभन्दा पनि जित्नेले टिकट पाउने बताए । यादवले थपे, “शेखर कोइराला र शेरबहादुर देउवा दुवैको उद्देश्य पार्टीलाई जिताउने हो । जित्ने उम्मेदवार छ भने हामी अर्को पक्षलाई ४० होइन, ५० प्रतिशत नै दिन्छौं । हामी जित्नेलाई टिकट दिन्छौं ।”



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया