SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/३० गते
    ६६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो राजा महेन्द्र बनेको आरोप लगाएका छन् ।
    “राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको साधारण कार्यकर्ताजस्तो देखिनुभएको छ । एमालेको जिम्मेवार कार्यकर्ता भएको भए पनि देशका लागि सोच्नुहुन्थ्यो होला ।

    उहाँ राजा महेन्द्रको पथमा हिँड्नुभएको छ । उहाँ दोस्रो राजा महेन्द्र हुनुभएको छ । एमालेको भोटको राजनीतिमा फस्नुभएको छ । उहाँले सार्वभौमसत्ता सम्पन्न संसदलाई अपमानित गर्नुभएको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने ।

    राष्ट्रपतिलाई नागरिकता विधेयक रोक्ने नैतिक, कानुनी र संवैधानिक अधिकार नदिएको पनि यादवले औंल्याए । उनले भने, “आमाबाबु जन्मसिद्ध नागरिक, उसका छोराछोरी अनागरिक कसरी हुन्छ ? तिनको अपराध के हो ? तिनलाई धपाएर पठाउने ? राष्ट्रपतिसँग देशलाई जोड्ने अवसर थियो । उहाँले एमालेको डिजाइनमा यो काम गर्नुभएको छ । नेपाली जनताले राष्ट्रपतिलाई माफी दिने छैनन् ।”

    उनले नेपालको राष्ट्रपति नेकपा एमालेको अध्यक्ष हो भनी प्रश्न गरे । यादवले थपे, “नागरिकताको समस्या मधेसमा मात्र होइन, पहाडमा पनि छ । उहाँ संसद् विघटनको बेला एक्सपोज हुनुभएको थियो ।

    अहिले फेरि चुनावी मसला बनाउने काममा लाग्नुभएको छ । उहाँले महिलालाई अपमानित गर्नुभएको छ । बाबु को थियो भन्ने आमालाई थाहा हुन्छ कि दाजुभाइलाई थाहा हुन्छ ? नेपालको राष्ट्रपति एमालेको अध्यक्ष हो ? केपी ओली र एमाले चुनावमा धुलोपिठो हुनेवाला छन् ।” उनले नागरिकता विधेयक संसद्ले फेरि पास गर्ने र राष्ट्रपतिले बाध्य भएर प्रमाणीकरण गर्ने पनि औंल्याए ।

    मधेस प्रदेश सरकार केन्द्र सरकारविरुद्ध धर्नामा आउनु जरुरी नभएको पनि उनको भनाइ छ । यादवले भने, “प्रदेश प्रहरी समायोजनमा केन्द्रीय सरकार सकारात्मक नै छ । यो मधेस प्रदेशमा मात्र होइन, सबै प्रदेशको समस्या हो । तीन महिनापछि चुनाव हुने भएकाले तत्काल प्रहरी समायोजन भए पनि कार्यान्वयन गर्न गाह्रो छ ।

    यो समस्या वार्ताबाटै समाधान हुन्थ्यो, धर्नामा आउनु आवश्यक थिएन ।”अर्को प्रसंगमा उनले यो गुट त्यो गुटभन्दा पनि जित्नेले टिकट पाउने बताए । यादवले थपे, “शेखर कोइराला र शेरबहादुर देउवा दुवैको उद्देश्य पार्टीलाई जिताउने हो । जित्ने उम्मेदवार छ भने हामी अर्को पक्षलाई ४० होइन, ५० प्रतिशत नै दिन्छौं । हामी जित्नेलाई टिकट दिन्छौं ।”

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं