SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/३० गते
    ४२८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने बताएका छन् । विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशबारे भने पार्टी र सत्तारु गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने उनले बताए ।

    राष्ट्रपति भण्डारीले आइतबार मात्र १५ बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले विधेयक पुनर्विचार गर्न पठाउने व्यवस्था संविधानमै रहेको बताए ।

    ‘कुनै विधेयकलाई फिर्ता पठाउन चाहनुभयो भने पठाउन पाउने व्यवस्था गरेकै हो,’ उनले भने, ‘संविधानमा गरेको व्यवस्थाका आधारमा फर्काएकै कुरालाई लिएर ठूलो आक्रोश प्रतिक्रिया व्यक्त गर्नुपर्ने, असंवैधानिक भन्नुपर्ने मलाई लाग्दैन ।’ राष्ट्रपतिले दिएको सन्देश स्वीकार गर्ने वा विधेयक फेरि जस्ताको तस्तै पठाउने भन्ने संसदको विषय भएको महामन्त्री थापाले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालयले स्थापना दिवस मनायो, संस्थापक सदस्य सम्मानित

    शिशिर पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ...

    क्लब स्तरिय क्रिकेटको उपाधि राइजिब पोखरालाई

    पोखरा। पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिब पोखरा क्रिकेट क्लबले...

    बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

    बागलुङ । बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको...

    शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

    शिशिर उजाड पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण...

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं