SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/२८ गते
    १४१२ &#२३४६;&#२३३५;&#२३२५;

    पाेखरा । 
    हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायक अर्जुन सापकोटाको आवाजमा रहेको नयाँ तिज गित ‘भाऊ बढ्यो’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।

    सुप्रसिद्ध दोहोरी गायक अर्जुन सापकोटा र म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गाएको गितमा गितकार सुमन ढकालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक सापकोटाकै लय रचना रहेको छ । गितमा विश्वास नेपालको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयबस्तु चित्रण गरिएको छ ।

    मह्गी बढे संगै जनजिवनमा आएको कष्टकर अवस्थाको कथावस्तु गितमा दर्शाईएको छ । गितमा डिजेल, पेट्रोलको भाऊ बढेको, खानेतेलको भाऊ बढेको, स्कुल कलेजको भाऊ बढेको, लुगाकपडाको भाऊ बढेको भन्दै गितकार ढकालले समसामायिक प्रंसग उतारेका छन् । सरकारले हरेक क्षेत्रमा मह्गी बढाएर गरिब जनताले विहान वेलुकी छाक टार्न पनि धौ धौ भएको विषय गितमा प्रस्तुत गराईएको छ भने आफ्नो स्तर भन्दा माथि गएर अनावश्यक खर्च नगर्न पनि जनचेतनामुलक सन्देश प्रवाह गरिएको छ ।

    गित सृजना गर्न माहिर सापकोटा बुढा बृद्ध,युवा देखि बालबालिकासम्म निकै नै प्रभावित हुने गरेका छन् । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको हुन्छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

    स्मृति तिमिल्सिना ‘गुरुआमा’को उत्कृष्ट कथावस्तु एवम् निर्देशन मा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा अर्जुन सापकोटा, स्मृति तिमिल्सिना र सुमन ढकालको अभिनय रहेको छ । जहाँ सुमन र स्मृति दिदिभेना र अर्जुन भाईको भुमिकामा देखिएका छन् । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गरेका छन् ।

    गित Arjun Sapkota अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितको पुरा म्युजिक भिडियो :

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं