SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/७ गते
    ८४६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।

    पर्वत मुस्लिम सेवा समितिद्धारा पर्वत अस्पतालका अध्यक्ष शंकर गिरी सम्मानित हुनुभएको छ । मुस्लिमहरुको पर्व बकर इदको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा अध्यक्ष गिरीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

    जिल्ला अस्पताल पर्वतको अध्यक्ष भएर गुणस्तरीय उपचार सेवाका साथै गरिब, असहाय, विपन्न तथा समुदायवाट बञ्चितिमा परेका वर्गको उत्थानमा महत्वपुणर् भूमिका खेल्दै आएको भन्दै गिरीलाई सम्मान गरिएको हो ।

    कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका गिरीले समस्त मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेकपा माओवादी केन्द्र र आफु सधैं मुस्लिम समुदायको पक्षमा रहेको बताउँर्दै बर्तमन परिवर्तन माओवादी आन्दोलनको कारण आएको समेत आम जनसमुदाय जानकारी गराउनु भयो ।

    उहाँले मुस्लिम समुदायका समस्याहरु समाधानमा आफु सक्रिय भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले मुस्लिमहरुको पाठशाला मदरसा संचालनमा भएको कठिनाईलाई समाधान गर्न सम्वन्धित निकायमा पहल गरिने बताउनुभयो ।पर्वत मुस्लिम सेवा समितिका अध्यक्ष जलालुदिन मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अस्कर अलिले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं