
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । जति जति आम चुनाव नजिकिँदैछ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा आफ्ना पूर्वसहकर्मीहरुसँग हात मिलाउन उति अधीरता बढ्दो छ । यस्ता साथीहरुको सूचीमा बाबुराम भट्टराईको नाम पहिलो नम्बरमै भेटिन्छ ।
तर, भट्टराई भने भयानक अलमलमा छन् । उपेन्द्र यादवसँगको जसपा यात्रामा बिराम लागेको छ । अगाडि जाने बाटोबारे उनीजत्तिकै अलमलमा छन्, उनका साथीहरु । भन्नलाई उनीहरु पार्टी पुनर्गठनमा जाने भन्दैछन्, तर यतिका दिनसम्म कुनै ठोस औपचारिक निर्णयमा पुगिसकेका छैनन् ।
बिहीबार बिहान प्रचण्डलाई खुमलटारको एक अपार्टमेन्टमा भेट्न जाँदा भट्टराईसँग राजनीतिक सौदाबाजीको कुनै ठोस प्रस्ताव थिएन । प्रचण्ड बरु नेकपा समाजवादी केन्द्र बनाएर भए पनि आउने चुनावमा एमाले अध्यक्ष केपी ओलीलाई ‘देखाइदिने’ मुडमा छन् । यस्तोमा भट्टराईले के गर्ने, प्रष्ट छैन ।
असार अन्तिमतिर (२८–२९) बोलाइएको भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठकले उपेन्द्र यादवबाट जनता समाजवादी पार्टीको रुपान्तरण सम्भव नभएको निष्कर्ष निकाल्दै नयाँ पार्टी गठनमा जाने निर्णय गरेको थियो ।
निर्णयको झण्डै एक साता पुग्दै लाग्दा पनि विभिन्न विकल्पमा छलफल भइरहेको तर कुनै टुंगोमा अहिलेसम्म नपुगिएको भट्टराई समूहका नेताहरुले बताएका छन् । यद्यपि पहिले नै दर्ता भइसकेको ‘समावेशी लोकतान्त्रिक पार्टी’लाई भट्टराईले भूमिगत रुपमा सञ्चालन गरेको पाइएको छ ।
‘मेरो पछाडि धेरै कार्यकर्ता छन्, त्यसैले म उनीहरुलाई चटक्क छाडेर हिँड्न मिल्दैन । म उनीहरुलाई कुनै दैलोमा पुर्याएर मात्रै विश्राम लिन्छु’ निकटहरुसँग भट्टराईले भन्ने गरेका छन् ।
वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भनेर जसपाबाट निस्किएका भट्टराई आफूले सोचेका विभिन्न विकल्पमध्य कुनै एकमा निश्चित नहुन्जेल उक्त पार्टीलाई औपचारिक रुपमा सार्वजनिक गर्ने पक्षमा छैनन् ।
बाबुरामले सोचेका तीन विकल्प
जीवनका उत्तरार्द्धमा पनि झन्झटिलो बाटो रोजको भट्टराई आफैंले राजनीतिरुपी रथलाई लामो समय गुटाउने मनस्थितिमा छैनन् । तर, आफ्नो पछि लागेका नेता, कार्यकर्ताहरुलाई बिचल्ली पार्ने गरी बीचमै आफ्नो राजनीतिक जीवन स्थगित गर्ने पक्षमा पनि छैनन् ।
‘मेरो पछाडि धेरै कार्यकर्ता छन्’, निकटहरुसँग भट्टराईले भन्ने गरेका छन्, ‘त्यसैले म उनीहरुलाई चटक्क छाडेर हिँड्न मिल्दैन । म उनीहरुलाई कुनै दैलोमा पुर्याएर मात्रै विश्राम लिन्छु ।’
भट्टराई निकट नेताहरुका अनुसार पार्टीविहीनता पछिको अलमलपूर्ण अवस्थामा उनले तीन विकल्प सोचेका छन् । उनको पहिलो प्रयास अझै पनि जसपाबाट ४० प्रतिशत पुर्याएर नयाँ पार्टी गठन गर्ने र नेताहरुको सांसद पद जोगाउनेमा छ ।
त्यसका लागि उनले जसपाभित्रको प्रारम्भिक संघर्षमा आफूलाई साथ दिएका नेताहरुलाई फकाउने कोशिस गरेका छन् । नेताहरु राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरि, मृगेन्द्रकुमार सिंह यादव लगायतका नेताहरुलाई आफूहरुतिर तान्न सके ४० प्रतिशत पुर्याउन आकलन भट्टराईको छ । त्यो गर्न सके एउटा शक्तिसहित आगामी संघीय चुनावमा बार्गेनिङ गर्न सकिने उनको ठम्याइ छ ।
तर, उनी पक्षकै नेताहरुले पनि यो पहिलो विकल्पलाई त्यति सजिलो ठानेका छैनन् । ‘यो चाहिँ मृत सम्भावना हो’, भट्टराई पक्षका कार्यकारिणी सदस्य डम्बर खतिवडा भन्छन्, ‘यसको अब खासै अर्थ छैन । अब नयाँ पार्टी गठन गर्नेतिर जान्छौं ।’
पहिलो विकल्प सम्भव नभए भट्टराईले सोचेको दोस्रो विकल्प समाजवादी केन्द्र नामको पार्टी वा मोर्चा बनाउने हो । जसको वकालत उनले लामो समयदेखि गर्दै आएका छन् । यही मेलोमेसोमा भट्टराईले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।
छलफलमा प्रचण्डले माओवादी केन्द्रमै फर्किन आग्रह गरेका थिए । भट्टराईले त्यसलाई ‘हार्दिकतापूर्वक अस्वीकार’ गर्दै समाजवादी केन्द्र निर्माणमा जोड दिएको नेताहरुले बताएका छन् । बिहीबार सोही छलफलले निरन्तरता पाउँदा भट्टराईसँग एउटै अडान थियो, कम्युनिस्ट पार्टीमा नफर्किने ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया