
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
नवलपरासी, ।
दरगाह ए आला हजरतले नेपालमा आला हजरत नेसनल लाइब्रेरीको स्थापना गरेको छ । सुन्नी सूफी हन्फी बिचारधाराको केन्द्र मानिने दरगाह ए आला हजरतले दीनी तथा दुनियाँवी दुबै किसिमको पुस्तकहरु आम नागरिकले पढ्न पाउने गरि लाइब्रेरीको स्थापना गरेको हो ।
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ७ मा पुस्तकालयको स्थापना गरेको दरगाहका प्रवक्ता नाशीर कुरैशीले जानकारी दिए । कुरैशीको अनुसार लामो समय देखि नेपाल र भारतको सम्बन्ध आत्मीय रहेकोले एक आपसमा व्यावसायिक र धार्मिक दुबै सम्बन्ध बलियो छ । सोही सम्बन्धलाई निरन्तरता दिन दरगाहले नेपाली मुस्लिम समुदायको शैक्षिक आर्थिक धार्मिक विकासका लागि हात बढाउँदै आएको छ । कोरोना महामारी देखि लिएर साउन ५ गते स्थापना गरिएको लाइब्रेरी समेत सोहि उद्देश्यले गरिएको उनले जानकारी दिए ।
बरेली दरगाह आला हजरतको फरमान प्रसंसनीय रहेको तथा आला हजरत नेसनल लाइब्रेरीको स्थापनाले व्यक्तिको पढ्ने बानीको विकासका साथै ज्ञान आर्जन गर्न सराहनीय भूमिका रहने इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्लाह खांले बताए l
आला हजरत ईमाम अहमद रजा खानले मानवता भाइचारा आपसी सौहार्दलाई बढावा दिँदै आफ्नो किताब आफ्नो लेख आफ्नो फतवाहरुबाट विश्व समुदाय माझ पुर्याएको संदेशलाई समेत कुरैशीले बयान गरे ।
त्यस्तै दरगाहका प्रमुख सचीव मुफ्ती सलीम नूरीले मानव जगतको शान्ति अमनका लागि आला हजरतले गरेको कामलाई अझै अगाडि बढाउन पुस्तकालयको स्थापना गरिएको बताए । उनले भने, ‘जुन ब्यक्ति, समुदाय वर्ग संग पुस्तक छ, हातमा कलम छ, उसले पढ्न लेख्न जानेको छ, विकासको पथमा अगाडि बढ्न निकै सहज हुन्छ ।
त्यसैले शैक्षिक विकासलाई केन्द्रित गर्दै दरगाहले पुस्तकालयको स्थापना गरि हजारौं पाठक युवाहरुलाई पुस्तक उपलब्ध गराउने प्रयास गरेको छ । सुन्नी सूफी खानकाही बिचारधाराले दिएको मानव भाइचाराको संदेशलाई लाइब्रेरीको मध्यमबाट अझै सहज सरल रूपमा पुर्याउन सकिन्छ ।’
त्यस्तै राष्ट्रिय उलमा काउन्सिलका अध्यक्ष सय्यद गुलाम हुसैन मजहरीले पनि उक्त पुस्तकालयमा युवाहरूको पहुँच बनाएर शान्ति सौहार्दयुक्त समाज निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । उहाले भन्नू भयो, आला हजरतको नामबाट स्थापना गरिएको यति विशाल भवन नेपाल अधिराज्य भरी नै पहिलो भवन हो । पुस्तकालयमा अहिलेसम्म लाखौंको पुस्तक राखिसकिएको र पुस्तक ल्याउने क्रम जारी रहेको मजहरीले बताए । दरगाह प्रमुख सुबहानी मियाँले आफ्नो प्रमुख सचीव सलीम नूरी मार्फत शुभकामना सहित दुआ गर्दै पत्र समेत लेखेका छन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया